बाम एकता : हात्ति छिर्याे, आखिर कहाँ अड्कियो पुच्छर ?

Bam yakat

काठमाडौं । नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एकताको हल्ला चलेको करिव ६ महिना हुन लागिसक्यो । तर, पार्टी एकता विस्तारै लम्बिदै गएको छ ।

एकताको नजिक पुग्दा पनि एकता नहुनुको कारण के हुन सक्छ ? जुँगाको लडाई वा सिद्धान्तमा मतभेद ? यो प्रश्न अहिले जटिल बन्दै गएको छ ।

गत प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा एक भएर भाग लिँदा अनपेक्षित सफलता मिल्यो । त्यसैका आधारमा पनि दुई बाम घटक जसरी पनि एकताको पक्षमा हुनुपर्छ भन्ने जनलहर आएको छ । तथापि पद र प्रतिष्ठाकै कारण पार्टी एकता लम्बिदै गएको देखिन्छ ।

कार्यदलमा केन्द्रीय कमिटी २ सय ९९ सदस्यीयसहित दशवटै तहका कमिटीहरूको संख्या टुंगिएको छ । तर, दुई पार्टीबाट कति–कति प्रतिशत अनुपातमा सहभागिता रहने भन्ने विषय टुंगिएको छैन ।

‘जनयुद्ध’ मा वार्गेनिङ
विधान मस्यौदाको सुरुकै प्रस्तावनामा ‘जनआन्दोलन र जनक्रान्तिका उपलब्धि’ लेखिए पनि ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने भन्ने विषय अझै टुंगिएको छैन । ‘जनक्रान्ति’ लेखिसकेपछि ‘जनयुद्ध’को भाव समेट्ने एमालेको अडान छ भने माओवादीले ‘जनयुद्ध’ शब्द नै राख्नुपर्ने तर्क गरिरहेको छ ।

प्रस्तावनामा जनयुद्ध राख्ने सकिनेमा एमाले पुग्ने देखेपछि माओवादीले चुनाव चिह्नलाई बनाएको छ । तर हसिया हतौडा भन्दा सूर्य चिह्नमा मतदाता अध्यस्त भइसकेका कारण एमाले सूर्य चिह्न छोड्न तयार छैन । बरु प्रस्तावनामा इतिहासका रूपमा माओवादीले जनयुद्ध अंगीकार गर्ने तर सूर्य नछाड्ने एमालेको अडान छ ।

माओवादीले यसैलाई अडान मान्दै सबै तहमा आफ्नो समान हिस्सा खोजेको देखिन्छ ।

तर्क वितर्कमै अल्झन
बैशाख ९ अर्थात् अप्रित २२ मा पार्टी एकता गर्ने भनिएको भए पनि जुँगाको लडाईका कारण यसै भन्न सकिने अवस्था छैन । अहिले चुनाव चिन्ह सूर्य रहने की सूर्यभित्र हसिया हतौडा रहने भन्ने विवादले पार्टी एकताको बाधक बनेको छ । यो आफैंमा सुहाउने कुरा होइन ।

संगठन तथा विधानसम्बन्धी कार्यदलका संयोजक रामबहादुर थापाले भने, ‘कार्यदलबाट सम्भव नहुने जति एकता संयोजन समितिले टुंग्याउँछ ।’ एकता संयोजन समितिको बैठक मंगलबार बस्दैछ । सम्भवत सो बैठकले पार्टी एकताको अन्तिम विन्दु कोर्ने छ ।

प्रतिकृया दिनुहोस