आइसिपी यथाशीघ्र सञ्चालनमा आउनेः मन्त्री यादव

Matrika yadav neta maobadi

पर्सा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकको व्यापार विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले वीरगञ्जस्थित अलौमा निर्माण भइरहेको एकीकृत सुरक्षा जाँच चौकी(आइसिपी)को यथाशीघ्र सञ्चालनका पक्षमा सरकार रहेको बताएका छन् । 

आइसिपीको आज स्थलगत अनुगमन गर्दै उनले आइसिपीको पूर्वाधार निर्माण कार्य सम्पन्न भएकाले चैत २२ गतेपछि कुनै पनि बेला उद्घाटन हुन सकिने भएकाले तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिएका छन् । 

मन्त्री यादबले राष्ट्रिय गौरवको परियोजना आइसिपीमा वीरगञ्ज नाकाको सबै व्यापार एकैचोटी स्थान्तरण गर्न सम्भव नभएकाले विस्तारै यसलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले चाँडै आइसिपीको उद्घाटन गर्ने तयारी भएकाले दुवै पक्षका कर्मचारी बसी सञ्चालनको सबै प्रक्रियाबारे आपसी छलफल गरी तयार हुन नेपाल–भारतका कर्मचारीलाई आग्रह गरे । 

उनले नेपाल–भारतबीच मैत्रीकै रुपमा रहेको आइसिपी सक्दो चाँडो पूर्ण क्षमतामा सञ्चालन होस् भन्ने चाहना आफूहरुको भएको उल्लेख गर्दै वीरगञ्ज नाकाको पूरै व्यापार एकैचोटी आइसिपीमा सार्न सम्भव नभएकाले सकिने कामबाट शुरु गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया मिलाउन नेपाल तथा भारतका सम्बन्धीत पक्षका कर्मचारीलाई आग्रह गरे । 

वाणिज्य मन्त्रालयका सचिव चन्द्र घिमिरेले पूर्वाधार निर्माण कार्य सम्पन्न भएको र अब प्राविधिक कार्यमात्र बाँकी भएकाले त्यसलाई दुई÷तीन दिनभित्र पूरा गरिने जानकारी दिए । 

यसैबीच थप मुआब्जाको माग गर्दै आइसिपीको मूल गेटमा धर्ना बसेका अलौवासीलाई आन्दोलन स्थगित गर्न मन्त्री यादवले आग्रह गरे । 

आइसिपी अनुगमन गर्न अलौ पुग्नुभएका मन्त्री यादवले धर्ना बसेका स्थानीयलाई सम्बोधन गर्दै उहाँले वार्ता र छलफलबाट निकास खोज्नपनि आग्रह गरे । 

मन्त्री यादबले सञ्चालनको तयारीमा रहेको आइसिपीमा स्थानीयलाई रोजगारीको व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्दै धर्ना छाडी आआफ्नो काममा लाग्न सबैलाई अपिल गरे । 

मन्त्री यादवको प्रतिबद्धतापछि मुआब्जा पीडित संर्घष समितिका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले सरकारले वार्ताका लागि पत्र पठाए धर्नालाई स्थगित गर्न आफूहरु तयार रहेको बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...