युवालाई विकास र समृद्धिमा लगाउनुपर्ने : विश्वकर्मा मन्त्री

Jagat

काठमाडौँ  । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मुलुकको विकास र समृद्धिमा युवालाई परिचालन गर्न सरकारले तयारी गरेको बताए ।

राष्ट्रिय युवा परिषद्, नेपालले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय युवा नीति, युथभिजन र युवा परिषद्का कार्यक्रमका बारेमा स्थानीय तहका पदाधिकारीसँगको’ अन्तक्र्रियामा उहाँले राष्ट्रका लागि चाहिने युवा विदेश पलायन भइरहेकाले तिनलाई रोकी समृद्धि र विकासमा लगाउने बताए ।

‘‘देश अब विकास र समृद्धिको बाटोमा लागेको छ’’ उनले भने, ‘‘‘दैनिक सयौँ दक्ष युवा जनशक्ति विदेश पलायन भइरहेकाले तिनलाई रोकी राष्ट्रको हितमा लगाउनु पर्दछ ।’ उनले युवालाई स्थानीय तहमा नै स्वरोजगार बनाउने योजना रहेको जानकारी गराए ।

मन्त्री विश्वकर्माले सरकारले खेलकुद क्षेत्रको विकास लागि केन्द्रमा अत्याधुनिक रंगशाला, सातवटै प्रदेशमा रंगशाला बनाउन तयारी समेत गरेको जानकारी गराए । स्थानीय तहले पनि वडास्तरमा खेलमैदान बनाउनुपर्ने उनको आग्रह थियो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवालाई आत्मनिर्भर बनाउनका लागि परिषद्लाई स्थानीय तहसम्म विस्तार गरिने बताए ।
उनले सातवटै प्रदेशमा युवा सिर्जनशील केन्द्र स्थापना गरी युवामा भएको सीप र क्षमतालाई सदुपयोग गरिने बताए ।

युवालाई युवा स्वरोजगार कोषका उपाध्यक्ष प्रेमप्रसाद दंगालले युवालाई स्वरोजगार बनाउका लागि प्रादेशिकस्तरमा कोषको संरचना बनाएर स्थानीय तहसम्म पुग्ने प्रयास भइरहेको जानकारी गराए ।

कार्यक्रममा अछामस्थित तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मा, खोटाङस्थित खोटहाङ गाउँपालिकाका उपाध्यक्ष कविता राईले युवाको क्षमताका आधारमा योजना बनाई लागू गर्नुपर्ने बताइन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...