क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तलीलाई जग्गा दिने भरतपुर महानगरपालिकाको घोषणा

Dhurmus sunatli 750x430 630x330

चितवन । धुर्मुस सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउने घोषणा गरेपछि भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन  जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।

महानगरले सोमबार पत्रकार सम्मेलन गरेर रंगशाला बनाउन जग्गा दिनुका साथै आर्थिक र भौतिक सहयोग गर्न तयार रहेकेा बताएको छ । 

धुर्मस सुन्तली फाण्डेशनले लर्ड बुद्ब  क्रिकेट स्टेडियम बनाउने घोषणा गरेपछि  विभिन्न प्रदेशहरुबाट निर्माणमा सहयोग गर्ने घोषणा भएको छन

मेयर रेनु दाहालले चितवन देशकै मध्यभाग भएको र चितवन पायक पर्ने ठाँउ रहेको भन्दैं धुर्मस सुन्तली फाण्डेशनलाई स्टेडियम निर्माणका लागि जग्गा दिने घोषणा गरिन । ‘उहाँहरुलाई चितवनमा आहृवान गर्छु’ मेयर दाहालले भनिन्, ‘हामीसँग प्रयाप्त समथर जग्गा छ, महानगरले सवै खाले सहयोग गर्छ ।’

भरतपुर महानगरपालिका वडा नः २० मा रहेको चित्रवन रंगशाला निर्माण गर्ने स्थल धुर्मस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराउने मेयर दाहालले जानकारी दिइन् । महानगरका तर्फबाट सोमबार नै धुर्मस सुन्तली फाण्डेशनलाई पत्र लेख्ने र दिउँसो बस्ने बोर्ड बैठकले अनुमोदन गर्ने तयारी महानगरले गरेको छ ।

चित्रवन रंगशाला निर्माण स्थलमा १० विगाहा जग्गा छ । थप अन्य जग्गा समेत उपलब्ध गराउन सकिने महानगरले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेजअन्तर्गत गत बर्ष ५० लाख रकम रंगशाला निर्माणमा विनियोजन गरेका थिए । तर, १९ लाख ३० हजार मात्रै खर्च भएको छ । बाँकी रकम फि्रज भयो । चित्रवनको खाली १ सय ७० विगाहा जग्गा मध्ये १० विगाहा रंगशाला निर्माणका लागि छुट्याइएको हो ।

भरतपुर महानगरले चालु बर्षको बजेटमा रंगशाला निर्माणका लागि भन्दै एक करोड रकम विनियोजन गरेको छ । सो रकमबाटै काम सुरुवात गराउन सकिने महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...