कांग्रेस नेता खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्ने,  संघीय संसद्का दुवै सदनको बैठक बस्दै

Bicc

काठमाडौं ।  पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्न प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै सदनको बैठक आज बस्ने भएको छ ।

संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको २ बजे आह्वान गरिएको छ । दुवै सदनको शोक प्रस्ताव पारित गराउने समान कार्यसूची छ ।

०४८, ०५१ र ०५६ गरी तीनपटक दाङबाट प्रतिनिधिसभामा निर्वाचित खड्काको गत शुक्रबार भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । हिजो उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । निधन भएको ३ दिनपछि संसदले पूर्वसांसद् खड्काको शोक प्रस्ताव पारित गर्न लागेको हो ।

शोक प्रस्तावबाहेकका कार्यसूचीमा भने आज छलफल नहुने सचिवालयले जनाएको छ । शोक प्रस्ताव पारितपछि थप विषयमा छलफल नहुने परम्पराअनुरुप अन्य कार्यसूचीमा छलफल नहुने भएको हो ।

सचिवालयका अनुसार आजै अर्को दोस्रो बैठक बस्ने सम्भावना पनि छ । दोस्रो बैठक बसेमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश स्वीकृत हुने सम्भावना छ । दुवै अध्यादेश संसदमा पेश भएका भए पनि अझै स्वीकृत भएका छैनन् । त्यसैगरी प्रतिनिधिसभा तथा राष्ट्रियसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन संसदमा पेश हुने सम्भावना पनि रहेको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...