डा. लोहनीलाई झड्का, राप्रपा राष्ट्रवादीका सहमहामन्त्री गरे पार्टी परित्याग

Lohani

काठमाडौं । डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीका सहमहामन्त्री नवराज दाहालले शुक्रवार आफ्नो पदवाट राजिनामा दिएको घोषणा गरेका छन् । 

पार्टी स्थापनाकाल देखि नै राप्रपामा आवद्व रहेका दाहालले स्वतन्त्र वस्ने निर्णय गरेका हुन । पार्टीे नेतृत्ववाट पार्टीले अंगालेको विचार स्थापित हुन नसक्ने ठहरका साथ आफुले पार्टी त्याग गरेको बताए ।

पार्टीमा दलाल प्रवृति हावी भएको उनको भनाई छ । उक्त पार्टीवाट मुलुकको निकासका लागि खास प्रकारको भूमिका निर्वाह हुन नसक्ने दावी समेत उनको छ ।

पार्टी विधी, विधान र पद्वति भन्दा सेटिङ र सिन्डिकेटमा चलेको उनको आरोप छ । पार्टी दलालहरुको कब्जामा पुगेकोले आफुजस्ता राजनैतिक एवं वैचारिक राजनीतिकर्मीलाई उक्त पार्टीमा वस्न नैतिकताले नदिएको उनले बताए । दाहाल राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघ स्वतन्त्रका NDCONTI का अध्यक्ष समेत हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...