कलाकार परियारको नयाँ गीत 'मनै दुखाउने....' बजारमा

Tej123

काठमाडौं  । नेपाली लोक दोहोरी क्षेत्रका उदायमान कलाकार तेज परियारको नयाँ गीत बजारमा आएको छ । परियारले “माया लुकाउने” बोलको गीत बजारमा ल्याएका हुन् ।

काठमाडौं–गुल्मी दलित सम्पर्क समाजले गत आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि उक्तको गीतको बिमोचन गरेको हो । बिमोचन कार्यक्रममा बोल्दै कलाकार तेज परियारले माया गर्ने जोडीहरुको लागि यो गीत बजारमा ल्याएको बताए ।
गीतको शब्द एकनारायण भण्डारीले लेखेका हुन् । गीतमा भनिएको छः
“मनै दुखाउनी.... मनै दुखाउनी.....मेरो मनै दुखाउने ।
किन हो के मायाले... माया लुकाउने।”
गीतमा परियार आफैले र मिना श्रीको स्वर भरेका छन् ।  यस्तै भिडियो तर्फ चर्तित मोडेल शंकर बिसी र श्रृष्टि शाहीलाईमुख्य भुमिकामा देख्न सकिन्छ । दुर्गा पौडेलले छांयाकन गरेको उक्त भिडियोलाई शंकर बिसी आफैले निर्र्देशन गरेका हुन् ।

कलाकार परियारले यस अघि “तिमीले चुल्ठी बाटेकै मन पर्छ” बोलको गीत बजारमा ल्याएका थिए । उक्त गीतलाई आम दर्शक सोर्ताले मन पराएको परियारको भनाई छ ।
बाँकी भिडियोबाट

Video

प्रतिकृया दिनुहोस