विराट गोल्ड कप भोलिदेखि शुरु

Birat

विराटनगर । भोलिदेखि शुरु हुन गइरहेको विराट गोल्ड कपको तयारी अन्तिमचरणमा पुगेको छ ।

चैत १७ गतेदेखि २६ गते सम्म विराटनगरको शहीद मैदानमा सो फुटबल प्रतियोगिता अपरान्ह बेलुकाको समयमा हुने भएको छ ।

मैदानलाई प्रकाशमय बनाउनको लागि ३५ लाख खर्चेर ३६ हजार वाट क्षमता बत्तीको व्यवस्था गरिएको आयोजंक समितिका संयोजक नवीन रिजालले जानकारी गराए । ६ वटा खम्बामा लाइट जडान गरिएको र प्रत्येक खम्बामा २० वटा बत्तीको व्यवस्था गरिएको छ ।

विराट गोल्ड कपको पहिलो दिन अर्थात भोलि मोरङ ११ र भुटानको थिम्पु क्लबबीच प्रतिस्पर्धा हुने संयोजक रिजालले बताए ।

उक्त प्रतियोगितामा भारतको दुई, भुटानको एक र नेपालको सातवटा टोली गरी १० वटा टोलीको सहभागिता रहेको छ । भारतको सिक्किम युनाइटेड क्लब र मोहम्मद स्पोटिङ क्लब तथा भुटानको थिम्पु क्लब छन् । त्यस्तै नेपालका टिममा मनाङ मस्याङ्दी क्लब, सशस्त्र प्रहरी बल, ‘थ्री’ स्टार, नेपाल पुलिस क्लब, नेपाल आर्मी, रमपम झापा ११ र मोरङ ११ छन् ।

प्रतिकृया दिनुहोस