धनगढीमा हुने डिपिएल क्रिकेटको तयारी पूरा

Dpl

धनगढी । यही चैत १७ गतेदेखि यहाँ आयोजना हुन लागेको देशकै सर्वाधिक धनराशी पुरस्कार भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’ डिपिएल क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार गरेको पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष शुभाषविक्रम शाहीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए ।

शाहीले सञ्चारकर्मी, खेलप्रेमी, खेलाडी सवैले गरेको योगदानको फलस्वरुप यति ठूलो प्रतियोगिता गर्न सफलता मिलेको बताए । नेपाली क्रिकेट टोलीका कप्तान एवं प्रतियोगितामा भाग लिने विराटनगर किंग्सका रणनीतिक खेलाडी पारश खड्काले प्रतियोगिताको आयोजनाले क्रिकेट क्षेत्रमा नयाँ नयाँ खेलाडी जन्मिने भई नेपाली क्रिकेट खेलको बिकासमा योगदान पुग्ने बिश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा प्रतियोगिता अघि आज सम्पूर्ण टोलीका कप्तान र सञ्चालकहरुको उपस्थितिमा प्रतियोगिताको ‘ट्रफि‘ सार्वजनिक गर्न लागिएको जानकारी दिइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...