पत्रकारले सोधेका प्रश्नको जवाफ कामबाटै दिन्छौँ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकारले सोधेका प्रश्नको जवाफ कामबाटै दिने बताएका छन् ।
बिहीबार बेलुका यहाँका पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले यस्तो तर्क प्रस्तुत गरेका हुन् । “हामी भर्खरै मात्र सरकारमा आएका छौँ, एउटा कुनै बीउ रोप्यो भने पनि त्यसले फल दिने बेलासम्म पर्खनु पर्दछ भने प्रदेश सरकारको बीउ पनि भर्खरै रोपिएको छ,” उनले भने । एक वर्षसम्म पत्रकारलाई नजिकबाट सहयोग दिएर त्यसपछि मात्र आलोचना गर्न उनले आग्रह गरे ।
अहिलेको अवस्थामा यो प्रदेशलाई रहन नदिने भन्दै उहाँले केही दिनमै स्वेतपत्र जारी गर्ने तयारीमा रहेको बताए । दुईलेनको कर्णाली करिडर निर्माण, हिल्सा, नाक्चेलाग्ना, डोल्पा जिल्लाबाट उत्तरतर्फ नाका खोल्ने, विद्युतीकरण, स्वास्थ्य र शिक्षामा जोड दिइने उनको भनाइ थियो । त्यसको साथै सिंगो पर्यटनको विकासका लागि ‘रारा पर्यटन वर्ष—२०७५’ को शुभारम्भ राराबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने उनले जनाए ।
यता आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशका पत्रकारको भूमिका निकै सकारात्मक र प्रशंसनीय रहेको प्रतिक्रिया गर्नुभयो । “सरकारको सबैभन्दा नजिकको वर्ग पत्रकार हो, यसले सरकारको सधैँ खबरदारी र रचनात्मक आलोचना गर्नुपर्दछ,” योजनामन्त्री ज्वालाले भने ।
उनले भ्रष्टाचार, अनियमितता हुन नदिन सार्वजनिक खरिद ऐन बनाउन थालिएको र मिडिया जगत्लाई पनि तीन महिनाका लागि ल्याउन थालिएको बजेटमा सम्बोधन गर्ने बताए । सरकार पहिले संरचना पछि हुँदा घोडा पछिपछि बग्गी अघिअघि जस्तो भएको व्यंग्य गर्दै उनले कानूनको सूची बनेको तर कानून बन्न बाँकी रहेको तर्क गरे ।
कर्णाली प्रदेशबाट बग्ने भेरी बबई डाइभर्सनको सबै पानी ५ नं प्रदेशले प्रयोग गर्ने भएकाले यसको बारेमा बहस अगाडि बढाउनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा पत्रकारले मदिराले समाजमा जन्माएको अपराध, कोटेसन प्रणाली, टेण्डर घटिघटाउ, टुक्रे योजनाले जन्माएको भ्रष्टाचार अन्त्य गर्नुपर्ने र सार्वजनिक खरिद ऐनको नाममा केन्द्रीकृत गरिएको विज्ञापन प्रणाली खारेज गर्नुपर्नेमा जोड दिएका थिए ।
सम्बन्धित समाचार
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
संसदमा प्रधानमन्त्रीले भने, ‘शान्तिरानीको गीतले ढलेँ-ढलेँ, भन्ने गीत पार्टी उत्सवमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनु...
धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...
प्रतिकृया दिनुहोस