मुलुकमा शान्ति र समृद्धि कायम गर्न प्रत्येक नेपाली नागरिकको उत्तिकै भूमिका छ : प्रधानमन्त्री ओली

Kp oli pm jf4dnpu99p

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति र समृद्धि कायम गर्न प्रत्येक नेपाली नागरिकको उत्तिकै भूमिका हुने बताएका छन् । 

नेपाल जैन परिषद्ले यहाँ आज आयोजना गरेको ‘ भगवान महावीरको २६१७ औं जन्मकल्याण महोत्सव’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुक निर्माणमा आ–आफ्नो ठाउँबाट सक्दो भूमिका निर्वाह गर्न सबैसँग अपिल गरे । 

“मुलुकमा संविधान जारी भइसकेको छ, अब सरकारको एक मात्रै एजेण्डा विकास र समृद्ध हो, समाजमा शान्ति सु–व्यवस्था कायम गर्न हरेक व्यक्तिको योगदान महत्वपूर्ण हुन्छ”–प्रधानमन्त्री ओलीले भने । 

समाजलाई शान्तिपूर्ण गोरेटोमा हिँडाउन महावीर जैनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारको एकल प्रयासले मात्र समाजमा शान्ति ल्याउन कठिन भएको बताए । 

२६१७ वर्ष अघि जन्मनुभएका महावीर जैनको सान्दर्भिकता अझै रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले अब सबै जातजाति, धर्म, सम्प्रदायको सुख र समृद्धिसँगै मुलुक निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रवद्र्धन गर्नु आवश्यक रहेको उल्लेख गरे । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...