‘कृ’ लाई लाग्यो ठूलो झड्का

११ लाख क्षतिपूर्ती दिने र गीत पनि फिल्मबाट हटाइने

Kri film

काठमाडौं । नेपाली गीत संगीतमा चोरी सामान्य बन्ने गरेको छ । खासगरी नेपाली गीत संगीत हिन्दी गीतबाट चोरिने गरिएकोमा पछिल्ला केही वर्ष नेपाली गीतबाटै शब्द र संगीत चोरी हुन थालेको छ ।

पछिल्लोपटक ‘उकालीमा अघिअघि’ बोलको गीत चोरी भएको थियो । रञ्जित गजमेरले गाएको सो गीत नेपाली चलचित्र ‘कृ’ ले चोरी गरेको आरोप लागेको थियो ।

सो आरोप लागेपछि ‘कृ’ को निर्माण पक्षले चोरी नगरेको जवाफ दिँदै आएको थियो । तर, गीत चोरीको आरोपमा ‘कृ’ चलचित्रका निर्माता सुवास गिरी पक्राउ परेका थिए ।

‘सम्झना’ चलचित्रका निर्माता तथा निर्देशक शम्भु प्रधानले गीत चोरी भएको भन्दै जाहेरी दिएपछि गिरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार पक्राउ गरेको थियो ।

मंगलबार प्रहरीले गिरीलाई पक्राउ गरेपछि भएको लामो छलफलपछि चलचित्रबाट गीत हटाउने सहमति भएको छ । साथै चलचित्रमा गीत राखेर प्रचार प्रसार गरेको र पुरानो गीतको मर्म विग्रिएको भन्दै गिरीले ११ लाख रुपैयाँ क्षतिपूर्ति दिने लिखित सम्झौता पनि गरेका छन् ।

योसँगै आगामी चलचित्रमा पूराना गीतको चोरी हुने सम्भावना त रोकिएको छ । तर, ‘कृ’ मा समावेश गरिएको ‘उकालीमा अघिअघि’ बोलको गीत हटाइने भएपछि दर्शकलाई खल्लो हुने पक्कापक्की भएको छ ।

प्रतिकृया दिनुहोस