यी हुन प्रधानमन्त्री अोलीको रोजाइमा परेका सचिवालयका सदस्यहरु

प्रमुख स्वकीय सचिव भने खोज्दै

Oli

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयमा चार दर्जनभन्दा बढी सदस्य राखेर कार्यकर्ताहरुको हुल बनाउने प्रचलनलार्इ हटाँउदै  २८ मा झारेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सम्म ८ जनालाई मात्र नियुक्ति दिएका छन् ।

सचिवालयमा नियुक्ति गर्दा व्यक्तिको आचरण र पृष्ठभूमि बिचार गरेरमात्र सहयोगी नियुक्त गर्ने प्रधानमन्त्री ओली सचेत रहेका छन् । अहिले सम्म प्रधानमन्त्रीको नजरमा प्रमुख स्वकीय सचिवमा भेटिएको छैन यद्दपि स्वकीय सचिवमा भने राजेश बज्राचार्य नियुक्त गरेका छन् ।

प्रधानमन्त्रीले हालसम्म मन्त्रीस्तरको सुबिधा पाउने गरी एमाले पोलिटव्यूरो सदस्य बिष्णु रिमाललाई मुख्य सल्लाहकार नियुक्त गरेका छन् । रिमालले प्रधानमन्त्रीको तर्फबाट आवश्यक समन्वय गर्दै आएका छन् ।

त्यस्तै सोमवारमात्र मन्त्रिपरिषद बैठकबाट राज्यमन्त्री सरहको सुबिधा पाउने गरी अच्युत मैनालीलाई जनसम्पर्क सल्लाहकार नियुक्त गरेका छन् । एमालेका पूर्वकेन्द्रीय सदस्य मैनाली बारा १ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका हुन् । उनी नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति हुन् ।

त्यस्तै प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याल नियुक्त भएका छन् । अर्याल बुधवार साप्ताहिकका पूर्वसम्पादक समेत हुन् भने नेपाल टेलिभिनजका पूर्वकार्यकारी अध्यक्ष पनि ।

प्रधानमन्त्रीको प्रेस संयोजकमा पत्रकार चेतन अधिकारी नियुक्त भएका छन् । उनी यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रेस संयोजक थिए भने ओली प्रधानमन्त्रीबाट हटेपछि पनि उनी नै सचिवालयमा प्रेस संयोजनको भूमिकामा थिए ।

अर्का पत्रकार रामशरण बजगाईंलाई सूचना सम्प्रेषकको नियु्क्ति दिइएको छ । त्यस्तै प्रधानमन्त्रीका कार्यक्रम तथा भेटघाटहरुको फोटो खिच्ने जिम्मासहित कृष्ण पौडेल नियुक्त भएका छन् । दिपेन्द्र दाहाल स्वकीय सचिवालयमा नियुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...