प्रचण्डको बोलीले किन निम्त्यायो यस्तो लफडा ?

Parchanda

काठमाडौं । निर्वाचनमा भाग लिने बेला बनेको बाम गठबन्धनभित्र एकाएक मनमुटाव सुरु भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम खाका बन्न लागेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बराबरी हैसियतमा मात्र एकता हुने बताएपछि खैलाबैला मच्चिएको छ ।

खासगरी निर्वाचनका बेला ६०/४० को आधारमा भागबण्डा गरिए जस्तै पार्टी एकता पनि त्यही आधार हुने आशंकामा माओवादी नेताहरु थिए । त्यही आशंकालाई चिर्दै माओवादी अध्यक्ष प्रचण्डले बराबरी हैसियतमा मात्रै पार्टी एकता हुने बताएका छन् । योसँगै तत्काल पार्टी एकता नहुने संकेत देखिएको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले भारत भ्रमणमा जानुअघि नै पार्टी एकता गर्ने प्रस्ताव राखेका थिए । त्यसैका आधारमा रातारात पार्टी एकताको कार्यविधी पनि तयार भएको थियो ।

रातारात बनेको कार्यविधीले ओली अध्यक्ष र प्रचण्ड सहअध्यक्ष रहने मोटामोटी खाका बनाएको थियो । सो खाका आएकै बेला प्रचण्डले सोमबार भने, ‘हतारमा एकता गरेर फुर्सदमा पछुताउनुभन्दा सबै कुरा मिलेपछि मात्र एकता गर्नुपर्छ ।’ प्रचण्डको यो अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।

यी दुई पार्टीबीच चाँडै एकता हुने र निर्वाचनमा मत ल्याएको आधार मा ७०/३० को हैसियतमा पार्टी एकता हुने चर्चा चलेको थियो । एमाले नेताहरुले पनि चुनावी परिणामअनुसार ७०/३० को मोडल हुन सक्ने बताएका थिए ।

अब के होला त ?
एमाले नेताहरु भने आफ्नो बर्चश्व कायम गर्न पनि माओवादीलाई सबै तहमा कम पद पदने पक्षमा छन् । तर, माओवादी भने कुनै पनि पद भागबण्डाकै आधारमा हुनुपर्ने पक्षमा छ ।

यस्तो हुँदा एमाले–माओवादी बीचको एकता लम्बिदै जान सक्छ । ‘सबै सुम्पिएर त कहाँ मिल्न सकिन्छ र ?’ माओवादीका एक नेताले भने, ‘समान हैसियत र समान पद मात्रै एकताको आधार हुनसक्छ ।’

एमाले नेताहरु भने त्यो पक्षमा छैनन् । तर एमाले अध्यक्ष ओली भने पदभन्दा पनि पहिले पार्टी एकता गर्ने पक्षमा छन् । यसो हुँदा पनि एमाले माओवादी एकता भावनात्मक रुपमा नहुन सक्छ । त्यसका लागि पद र नेताहरुको व्यवस्थापन पहिले गर्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...