दुर्गम ठाउँका मेयरको सुगम सपना

Parshuram nepal

काठमाडौं । सपना अनेक हुन्छन् । तर, सबै सपना पूरा हुन्छन् भन्ने पनि होइन । केही सपना पूरा हुन्छन् र केही अधूरा पनि । र, पूरा हुँदैन भनेर सपना नदेख्ने पनि कुरा भएन ।

सुगम जिल्लाको दुर्गम नगरपालिकाका मेयरको यस्तो सपना छ, जसलाई पूरा गरेर सुगम नगरपालिका बनाउने । उनको आँखामा दुर्गम नगरभित्र सुगम नगरको सपना छ । जसलाई उनले आगामी साँढे ४ वर्षभित्र पूरा गर्नुपर्ने बाध्यता छ ।

त्यसरी सुगम जिल्लाको दुर्गम नगरपालिकालाई सुगम बनाउने सपना देख्ने मेयर हुन् पर्शुराम नेपाल । उनी धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाका मेयर हुन् ।

धनकुटा जिल्लामा धनकुटा, पाख्रिवास र महालक्ष्मी नगरपालिका तथा चौविसे, छथर जोरपाटी, साँगुरीगढी र सहिदभूमी गाउँपालिका गरी ७ वटा स्थानीय निकाय छन् । जसमा चौविसे गाउँपालिका र महालक्ष्मी नगरपालिका जिल्लाकै दुर्गममा पर्छ । अन्य ४ वटालाई सुगम जस्तै मानिन्छ ।

महालक्ष्मी नगरपालिका धनकुटा सदरमुकामबाट उत्तरमा पर्ने यो नगरपालिकामा न पक्की बाटो छ, न त सबै पूर्वाधारकै विकास भएको छ । तथापि उनले जिल्लाकै सुगम नगरपालिका बनाउने योजना बनाएका छन् ।

भूगोलको हिसावले एउटा वडाबाट अर्काे वडामा पुग्न पनि झण्डै ६ घण्टासम्म पैदल यात्रा गर्नुपर्छ । सबै वडालाई ग्रामीण सडकले छोएको छ । तर, नगरपालिकाको केन्द्र जितपुरसम्म मात्रै यातयातका साधन पुग्छन् । सोही नगरपालिकाको लेगुवाको रामबजार हुँदै भोजपुर सदरमुकाम र संखुवासभाको खाँदवारी पुगिन्छ । चानुवा र डाडागाउँ आफैंमा दुर्गग हो । अलिकति सुगम भनेको मुर्तिढुंगा, लेगुवा र जितपुर हो । तर, यी ठाउँमा पनि धुलाम्मे बाटो छ ।

सरकारले नगरपालिका बनाउँदा जनसंख्यालाई आधार बनायो । तर विकासका पूर्वाधारलाई हेरेन । जसका कारण कतिपय ठाउँलाई हचुवाको भरमा नगरपालिका बनाएको छ । तर, महालक्ष्मीलाई नगरपालिका बनाउन स्थानीयले माग चाँही गरेका थिए ।

यस्ता छन् उनका सपना
नगरपालिकासम्म पुग्ने सडक कालोपत्रे गर्ने, जनतालाई खानेपानीको सुविधा उपलब्ध गराउने र नगरको आर्थिक विकास गर्ने उनको मुख्य चुनौती हो । जसलाई उनले पूरा गर्नैपर्छ ।

उनले आफ्नो कार्यकालमा जितपुर, एलाबुङ, मुलखर्क, डाडागाउँ हुँदै संखुवासभा जोड्ने बाटो बनाउनु पर्नेछ । त्यसका अलावा जितपुर, मारेक कटहरेको तल्लो भाग हुँदै चानुवा जोड्ने सडक, जितपुर, आन्द्रुङ हुँदै लेगुवासम्म जोड्ने सडक पनि बनाउनु पर्ने छ ।

महालक्ष्मी नगरपालिकालाई सडक सञ्जालभित्र पार्न चक्रपथ बनाउनुपर्ने छ । जुन आफैंमा खर्चिलो योजना पनि हो । उनले यो योजना आफ्नै कार्यकालमा पूरा गर्नु छ ।

उनको नगरपालिकामा अझैं पनि ५० प्रतिशत जनताको घरमा खानेपानीको धारा छैन । त्यसलाई आगामी पाँच वर्षभित्र सबै घरमा खानेपानीको धारा पु¥याउने उनको लक्ष्य छ । चानुवा, लेगुवा, मुर्तिढुंगा, जितपुर र डाडागाउँमा बृहत खानेपानीको योजना पनि बनाएका छन् ।

सबै गाउँमा खानेपानीको मूल नै छैन । त्यसका लागि नजिकैबाट बग्ने अरुण नदीको पानी लैजानुको अर्काे विकल्प छैन । त्यसलाई पूरा गर्नु उनको दायीत्व हो । कतिपय वडाहरुमा अझैं पनि विजुली बलेको छैन । डाडागाउँको बात्सालामा यसै वर्ष विजुली पु¥याउने उनको लक्ष्य छ ।

उनका कतिपय यस्ता सपना छन्, जसलाई पूरा गर्न त्यति सजिलो छैन । २४ हजार ८ सय जनसंख्या भएको नगरभित्रका जनतालाई स्वरोजगार बनाउने सपना बोकेका छन् । गरिव परिवार पहिचान गरी उनीहरुलाई आय आर्जनमा लगाउने र गर्भवती महिलालाई पोषण भत्ता र नवजात शिशुका लागि पनि भत्ता दिने योजना बनाएका छन् ।

त्यसका साथै नगरपालिकाको नगर प्रोफाइल बनाउने, नगरको आफ्नै एप्स बनाउने जस्ता योजना पनि बनाएका छन् । त्यसका लागि गृहकार्य पनि सुरु भइसकेको छ ।

चित्रेको पट्टेक डाडामा केवलकार सञ्चालनको योजना बनाएका छन् । जसलाई सञ्चालन गर्न सके नगरलाई पर्यटकीय हिसावले पनि सम्पन्न बनाउन सकिन्छ भन्ने उनको सोच छ । थामडाडामा भ्यु टावर बनाउने, लेगुवा झरनासम्म बाटो लैजाने, जातीय संग्राहलय बनाउने, होम स्टे सञ्चालन गर्ने योजना पनि बनाएका छन् ।

को हुन् उनी ?
उनी हेर्दा सामान्य जस्ता लाग्छन् । मिठास बोलीले पनि उनलाई चिनाएको छ । अग्लो कदका पर्शुराम नेपालले आफ्नो नगरपालिकालाई आफु जस्तै अग्लो कदको नगर बनाउने सपना देखेका छन् ।

२०३५ सालमा जन्मिएका नेपाल ४ कक्षामा पढ्दादेखि नै राजनीतिमा होमिएका थिए । ०५७ मा धनकुटा बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति भएका नेपाल गैर सरकारी संस्था महासंघमा पनि आवद्ध भएका थिए । उनी ०७३ मा पूर्वाञ्चल इन्चार्ज बनेका थिए ।

लामो समयसम्म राजनीतिमा स्थिर रहेकै कारण उनी महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी नेकपा एमालेमा आवद्ध छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...