गायक दिपक थापा मगरको “आत्महत्या” बजारमा

Atamahataya

काठमाडौँ । प्रेमी र प्रेमका कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा दिपक थापा मगरको लोकदोहोरी गीत आत्महत्या बजारमा आएको छ ।

गायक दिपक थापा मगर र गायिका अम्विका बाँनियाको सुमधुर आवाज रहेको गीतमा जिवनको कारुणिक दुखको भाव समेटिएको छ । आफुलाई माया गर्ने मायालुले संसार त्यागेपछि आइपर्ने वियोगलाई सर्वोकृष्ट रुपमा समेटिएको छ ।

आत्महत्यामा रमेश श्रेष्ठको शब्द तथा मिन बहादुर नेपाली र दिपक थापा मगरको  संगित रहेको छ । पछिल्लो समय चर्चामा रहेका भिडियो निर्देशनमा निकै सक्रिय महिला निर्देशक बविता श्रेष्ठले भिडियोलाई  निर्देशन  गरेकी छन् ।

सागर गौत्तमको छायाँकन , अभिनास डिसीको सम्पादन रहेको भिडियोमा दिपक थापा मगर र सविता खड्काको सर्वोकृष्ट अभिनय देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस