मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

Acedent

लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुसाहामा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको सुखीपुर नगरपालिका–४ महादेवका ३५ वर्षीय राजीवकुमार चौधरी र साइकलयात्री सुरुङ्गा नगरपालिका–८ का ३० वर्षीय महेश ठाकुर रहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प १९७७ नंको मोटरसाइकलले गएराति साइकललाई ठक्कर दिएको थियो । चौधरी र ठाकुरको लहानस्थित डिभाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार सप्तरी बोदेबर्साइन नगरपालिका–८ का ३० वर्षीय भुनेश्वर चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...