पर्यवेक्षणका नाममा धर्म प्रचार गर्न आएका संस्थालाई फर्काएका छौँ ईयूलार्इ स्मरण होस : प्रधानमन्त्री ओली

Kp oli pm jf4dnpu99p

काठमाडाैं । संविधान नेपालको उपलब्धी भएको भन्दै त्यसलाई अबमूल्यन नगर्न युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनलार्इ प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।

नियोकको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, यो नेपालललाई अण्डरमाइन्ड गरेको हो, हेपेको हो । मैले र नेपाली जनताले हेपिएको महसुस गरेका छौं ।’ उनले नेपालको सार्वभौमसत्तालाई अबमूल्यन नगर्न चेतावनी दिएका हुन् ।

युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएपछि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै आपत्ति जनाएका छन् ।

नेपालको विरोधपछि सच्याउँला भन्ने ठानेको तर, ईयू झन जिद्दिपूर्ण देखिएको उनले बताए । उनले भने, म ईयूलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुपर्छ ।’

निर्वाचन पर्यवेक्षणका नाममा धर्म प्रचार गर्न आएका कतिपय संस्थालाई फर्काइएको स्मरण गर्दै उनले त्यसको प्रतिशोध प्रतिवेदन नलिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले निर्वाचन गराएकोमा राष्ट्रपति र अदालतलाई धन्यवाद दिएका छन् । अघिल्लो सरकारले निर्वाचन नगराउन चाहेको भएपनि अदालतले साथ नदिएको भन्दै उनले धन्यवाद दिएका हुन् । उनले भने, ‘राष्ट्रपतिले पनि चुनाव नगर्दा नराम्रो परिस्थिति आउँछ भन्नुभयो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...