डब्लुडिएनवाई सन्जिबले ल्याए पहिलो गीत ‘देखेर तिमीलाई’

Sanzib music video cover

काठमाडौँ । युएई, दुबईमा विगत ५ वर्षदेखि बस्दै आएका डब्लुडिएनवाई सन्जिबकोे पहिलो गीत ‘देखेर तिमीलाई’ गीत बजारमा आएको छ ।

सन्जिबकै स्वर तथा शब्द र कमल थापाको संगीत सो गीत बजारमा ल्याएका हुन । उनले सुन्दर युवतीलाई देखेपछि कल्पना गरेका पललाई गीतमा प्रस्तुत गरेका छन् ।
फोटोग्राफर कमल श्रेष्ठले छायांकन, सम्पादन तथा निर्देशन रहेको भिडियोमा दुबईको मारिना बीच, मरुभूमि र क्लबहरुको दृश्य देख्न सकिन्छ ।

हिप हप ¥याप शैलीको गीतको भिडियोमा गायकसँगै मोडल रेबिका थापा मगरले फिचरिङ गरेका छन् । केहि समय पहिले फ्राईडे मनाउन संगीतकार कमल थापासँग दुबईकै एक क्लब गएका थिए ।

क्लबमा एक सुन्दरी युवतीलाई देखेर यो गीतको शब्दहरु कोरिएको थियो । उनले यो गीत नेपाल आउँदा रेकर्ड गराएका थिए । कमल श्रेष्ठ, नेपालका चर्चित फोटोग्राफर हुन् ।

प्रतिकृया दिनुहोस