आज चैते दशैँ पर्व देश भरका शक्तिपीठहरुमा भक्तजनहरुको भिड

Dashai

काठमाडौँ । आज चैते दशैँ पर्व, देश भरका शक्तिपीठहरुमा भक्तजनहरुको भिड लागेको छ ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैँ हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् । असोजमा बडादशैँको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैँको रुपमा मनाइन्छ ।

चैते दशैँको दिन काठमाडौँको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

चैते दशैँको दिन आइतबार सरकारले सार्वजनिक विदा दिएको छ । राम नवमी र चैते दशैँ आज एकै दिन परेको छ । आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथी लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

असत्यमा सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्षमा राम मन्दिरहरुमा पूजापाठ गरिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...