किन सारे प्रधानमन्त्री ओलीले भारत भ्रमण अघि नै पार्टी एकता गर्ने प्रस्ताव ?

माओवादी पनि भारत भ्रमण अघि नै पार्टी एकताको पक्षमा

Kp prachanda oli dahal bam

काठमाडौं । नेपालको राजनीतिमा भारतको प्रभाव र दवाव कुनै नौलो कुरा हैन । यस अवस्थालार्इ मध्यनजर गर्दै प्रधामन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण अघि नै एमाले र माओवादीबीच पार्टी एकता गर्ने प्रस्ताव अघि सारेको बताइएको छ ।

ओलीको यो मनसायले भारत भ्रमणपछि राजनीतिक घटनाक्रम फेरवदल हुनसक्ने र भारतिय चलखेलका कारण एकतामा समस्या हुन सक्ने संकेत देखिन्छ । अर्कातिर अोली थप शक्तिशालि पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री भएर भारत भ्रमणामा निष्किने अाकांक्षा समेत हुनसक्छ ।

प्रधानमन्त्री ओली चैत २३ मा भारत जाने तयारीमा छन् । यद्यपि भ्रमण मितिको औपचारिक घोषणा भएको छैन । २५ गतेसम्म हुने भ्रमण राजकीय हुनेछ ।

यता शनिबार पार्टी एकताको प्रगती र सरकार गठनको समिक्षा गर्न ललितपुरको खुमलटारमा बसेको हेडक्वार्टर बैठकले ओलीको भारत भ्रमणअघि नै पार्टी एकता गर्नुपर्ने निष्कर्ष निकालेको छ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि नै पार्टी एकता गर्नुपर्ने बताएको छ । 

माओवादी केन्द्रेको यस्तो निर्णयले पनि ओलीको भारत भ्रमण र त्यसपछिको राजनीतिक घटनाक्रमले एकता भाडिन सक्ने सम्भावना औल्याएको प्रस्ट देखिन्छ । 

प्रधानमन्त्री ओली आउँदो २३ गते तीनदिने भ्रमणका लागि भारत जाँदै छन् । पार्टी एकताको सांगठनिक र सैद्धान्तिक विषय मिलाउन गठन गरिएका दुई कार्यदलले कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते पार्टी एकता गर्ने तयारी गरेको गरेका थिए । तर, माओवादी केन्द्रले त्यहाँसम्म समय लगाउँदा ढिला हुने बताएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता चाँडोभन्दा चाँडो गर्दा राष्ट्र र समग्र पार्टीको हितमा रहेको निष्कर्षसहित युद्धस्तरमा आन्तरिक तयारी सम्पन्न गरिने बताएका थिए । बैठकले पार्टी एकताको अन्तिम तयारी गर्न चैत १५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको एक माओवादी नेताले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...