सरसफाइसम्बन्धी मानसिक मूल्य मान्यता देशव्यापी फैलाउन सके सभ्य समाज निर्माण हुन्छ: प्रचण्ड

Prachanda 8

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनको सफाइ भए मात्र सबै क्षेत्रको सफाइ हुने बताएका छन् । 

ग्रिन सिटी अस्पतालको आयोजनामा भएको चक्रपथ सरसफाइ अभियानको ५०औँ हप्ताको विशेष समारोहमा आज आयोजित कार्यक्रममा उनले भने“सरसफाइसम्बन्धी मानसिक मूल्य मान्यता देशव्यापी रुपमा फैलाउन सके मात्र सभ्य समाज निर्माण हुन्छ,” । 

अध्यक्ष प्रचण्डले मुलुक देश निर्माणको महाअभियानमा जुटिरहेको बेला उक्त कार्यमा हातेमालो गर्न सबैलाई आग्रहसमेत गरे । सोच र विचारमा सफाइ भए मात्र देश विकास हुने उनको भनाइ थियो । 

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले फोहर मानिसको शत्रु भएकाले यसको विरुद्धमा अभियान चलाउनु आवश्यक रहेको बताए । “जथाभावी फोहर फाल्नेलाई कानुनी कठघरामा ल्याउनुपर्छ,” उनले भने ।  गृहमन्त्रीले सार्वजनिक बसमा फोहर फाल्नेदेखि जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारबाही गछौँ । 

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्वच्छ रुपमा बाँच्न पाउने अधिकारलाई संविधानले ग्यारेन्टी गरेको भन्दै स्वच्छ वातावरण निर्माणमा सबै लाग्नुपर्ने बताए । “सबै क्षेत्रका सरसफाइ अभियानलाई एकीकृत गरेर महाअभियान सञ्चालन गर्नु आवश्यक छ,” उनले भने । 

धुलोरहित वातावरण निर्माण गर्ने अभियानलाई लागू गर्न मन्त्रालय तत्काल लाग्ने उनको भनाइ थियो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलगायतले सफा गर्नुपर्छ भन्ने व्यक्तिमा चेतना नआएसम्म सफा शहर निर्माण हुन नसक्ने विचार व्यक्त गरे । 

विसं २०७४ वैशाख २ गतेबाट सञ्चालन भएको अभियानले हालसम्म ७५० भन्दा बढी मेट्रिक टन फोहर हटाइसकेको र अभियानमा २५ हजारको जनसहभागिता भइसकेको अभियानका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...