हिंसा र सडक अान्दोलन छाडेर संविधानबाट नै नागरिकको चाहना पूरा गर्न सकिन्छ : प्रचण्ड

Prachanda

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरमका सचिव अजम्बर काङमाङ राईलाई पार्टी प्रवेश गराएका छन् । 

पार्टी प्रवेश गराउँदै उनले अब हिंसा र सडकको बाटो छाडेर संविधानमार्फत नै नागरिकको चाहना पूरा गर्न सकिने बताएका हुन् । उनले मुलुक परिवर्तनका लागि अब हिंसा र सडकको बाटो लिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

‘हामी अझै अगाडि बढ्नु छ । हिंसाको बाटो वा सडकमा जाने बाध्यता छैन’ उनले भने ‘संविधान संशोधनबाट त्यस्ता अपुग विषय पूरा गर्न सकिन्छ । एक पटक संविधान संशोधन भइसकेको र फेरि पनि संविधान संशोधन गर्न दलहरुबीच सहमति भइसकेको भन्दै प्रचण्डले भने ‘अब हामी अलग अलग रहनुपर्ने अवस्था छैन ।’

प्रचण्डले नेकपा एमाले पार्टी एकता हुँदा सबै नेतालाई उचित ढंगले संगठनमा राख्ने बताएका छन् । माओवादीको संगठनात्मक स्वरुप मिलाउन विस्तारित बैठक बोलाएको भन्दै उनले बैठकमा यस विषयमा छलफल हुने बताए ।

‘पार्टी एकताका लागि गठन भएको दुईवटा कार्यदलले अन्तरिम राजनीतिक प्रतिवेदन पर्सीसम्म टुंग्याउनेछ’ उनले भने ‘त्यसको आधारमा पनि तपाईहरुलाई उचित ढंगले संगठनात्मक सेटमा राख्न सकिन्छ । यसको मतलब अहिलेसम्म राख्न सकिएको छैन भनेर मेरो स्वीकारोक्ति पनि हो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...