रंगिन संसारमा चर्चा बटुल्दै बहुप्रतिभाका धनि मोडल संजय राजविक्रम

Sanjaya 2

काठमाडौँ । मोडल तथा बडिबिल्डर संजय राजबिक्रम पछिल्लो समय म्युजिक भिडियो, बडिबिल्डिङ सो तथा तथा आफ्नो नियमित कार्य पेशाहरुमा ब्यस्त बन्दै आएका छन् ।

छोटो समयमानै आफ्नो सुगठित शरीर तथा चक्लेटि अनुहार तथा कुशल अभिनयको कारणले गर्दा लाखौ दर्शक श्रोताहरुको मन जित्न सफल मोडल संजय राज बिक्रम अहिले सबैको रोजाईमा पर्दै आएका चल्तीका मोडल हुन ।   

विभिन्न म्युजिक भिडियोहरुको निर्देशन गर्दै आएका निर्देशक समेत रहेका मोडल संजय फरक फरक सौन्दर्य प्रतियोगिताहरुमा निर्णायकको भुमिका समेत निर्बाह गर्दै आएका छन् ।

र्याम मोडलिङहरुमा समेत आफ्नो बाक्लो उपस्थिति देखाउदै आएका मोडल संजयले आधा दर्जन भन्दा बेसी म्युजिक भिडियोहरुमा कुशल अभिनय प्रस्तुत गरि सकेका छन् । बहुप्रतिभाका धनि मोडल संजयले विभिन्न ईभेण्ट अर्गनाइज गरेर अन्य धेरैलाई सुनौलो तथा नया नया अवसर प्रदान गर्दै आएका छन् ।  

 उनी मोडलिङ, बडिबिल्डरको साथमा समाज सेवामा समेत त्यतिकै सक्रिय रहेका छन । राष्ट्रिय तथा अन्तराष्ट्रिय बडिबिल्डिङ प्रतियोगिताहरुमा आफ्नो छुट्टै पहिचान बनाउन सफल तथा विभिन्न अवार्ड जित्न सफल खेलाडी संजय आफ्नो हरेक काममा उत्तिकै चर्चित सफल र लोकप्रिय बनेका छन् ।

संजय ब्यबसायिक मोडल तथा बडिबिल्डरको रुपमा आफुलाई अघि बढाउने सोच लिएर मेहनत गर्दै गरेका छन् । आफुलाई समय अनुसार बदल्दै दर्शक श्रोताहरुको माग अनुसार आफ्नो कलाकारितालार्इ पनि उत्कृष्ट बनाउने सोच लिएर मोडलिङ क्षेत्रमा लागेको उनी आफु भित्र भएको क्षमता प्रस्फुटन गरि सबैको मन जित्न सफल हुदै  भविष्यमा एक चर्चित मोडलको रुपमा नेपाली सिने जगतमा स्थापित हुन चाहन्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...