यी हुन् सानै उमेरमा बलिउड फिल्ममा गीत गाउने भाग्यमानी नेपाली गायक

Astitva.

बिराटनगर । सानैदेखी गायन क्षेत्रमा रुचि भएर गायनमा प्रवेश गरेको एक नाम हो अस्तित्व । बिराटनगरका १९ बर्शिय अस्तित्व हाल मुम्बईमा बस्छन् । बिगत २ बर्षदेखि गुरु जसराज पन्डितसंग निरन्तर सगीत साधनामा रहेका अस्तित्वले अहिले सम्म ३ वटा हिन्दी फिल्म र ६ वटा हिन्दी गीतमा आफ्नो आवाज दिईसकेका छन् ।

उनको केही गीत लोकप्रिय म्युजिक कम्पनी टि(सिरिज र जी म्युजिकबाट निकाल्ने सौभाग्य समेत उनले पाएका छन् । सानैदेखी सगीतमय परिवारको वातावरण भएको कारणले पनि अस्तित्वलाई यो क्षेत्रमा आउन सहज भएको हो । परिवारिक वातावरण पनि संगीतमय र साहित्यिक रहेको कारण उनलाई यो क्षेत्रमा अघि बढ्न सहज भएको छ । उनका हजुरबुबा राजेन्द्र बिमल एक चर्चित साहित्यकार समेत हुन् भने मामा आभास लाभ मैथिली गायनका एक स्टार हुन ।

उनी मोरग प्याप्सनले आयोजना गरेको ‘एसबिएससी सिंगीङ स्टार’ पहिलो सस्करणको बिजेता समेत हुन् । अस्तित्वले अन्य थुप्रै प्रतियोगितामा जित हासिल गरिसकेका छन । भारतको प्राय सहर गोवा, भुपाल, मुम्बई, दिल्ली लगायात धेरै सहरहरुमा उनले आफ्नो गायन कला प्रस्तुत गरिसकेका छन । संगीतलाई साधनको रुपमा लिएका अस्तित्व प्राय अर्जित सिह, भक्तराज आचार्य, नारायण गोपाल लगायतको गीतहरू बढी सुन्छन र उनैलाई आफ्नो आईडल मान्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...