अदालती प्रक्रिया बाहेकका मागहरुको प्रतिबद्धतापछि सांसद चौधरीले तोडे अनशन

Chaudhari

कैलाली । जिल्लाको क्षेत्र नं. १ बाट निर्वाचित रेशम चौधरीले शुक्रबार अनशन तोडेका छन् । वीर अस्पतालमा गृहमन्त्री रामबहादुर थापा बादलले चौधरीलाई जुस पिलाएर १८ दिनपछि अनशन तोडाएका हुन् ।

थारु आन्दोलनका क्रममा भएको टीकापुर घटना हिंसात्मक भएकोमा मुख्य अभियुक्त मानिएका चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । गृहमन्त्री बादलले मुद्दा फिर्ता र अदालती प्रक्रिया बाहेक अन्य मागहरु पूरा गर्ने प्रतिबद्धता जनाएपछि उनले अनशन तोडेका हुन् ।

अनशन तोडेपछि चौधरीले टीकापुर घटनामा आफ्नो संलग्नता नरहेको र आफू निर्दोष रहेको दाबी गर्दै घटनाको दिन आफू बर्दियामा रहेको र निर्दोष रहेको बताउँदै आफ्नो कल डिटेल हेर्न आग्रह गरेका छन् ।

आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिनु पर्ने, सपथ खान पाउनु पर्ने, टीकापुर घटनाका २६ जना आरोपीलाई क्षतिपूर्ति सहित रिहा गर्नु पर्ने लगायतका माग राखेर अनशन बसेका थिए ।

गृहमन्त्री थापाले अनसन तोडाउँदा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो र शरतसिंह भण्डारी पनि उपस्थित रहेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...