नेपाली सांगीतिक आकाशमा छुट्टै पहिचान बनाउदै गायिका देशु गोले

Gole

काठमाडौँ । बेलायतलाइ कर्मथलो बनाएर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै चर्चा बटुल्दै गरेकी गायिका हुन देशु गोले ।

संगीत भनेको सधाना हो,गायनकला भगवान सरस्वतीको सुन्दर बरदान हो र निरन्तर संगीतको सधानाले नै हरेक गायक गायिकालाइ सांगीतिक क्षेत्रमा स्थापित बनाउछ जसको लागि मेहनत परिश्रम अनि अथक लगनशीलताको आबश्यक पर्छ यसैको उदाहरण बनेकी छिन गायिका देशु गोले । भोजपुर खाताम्छा जन्मेर सानै देखि गायनमा सोख राख्दै आएकी गायिका देशु अहिले बिदेशी भुमि बेलायतलाइ कर्मभुमि बनाएर आफ्नो गायन यात्रालाइ अगाडी बढाउदै गएकी छिन भने गायिका देशु बच्चा उमेर देखिनै गित गाउन लाइ खुब रुचि राख्थिन ।

आमा लक्ष्मी कुमारी तामाङ र बुबा रामबहादुर तामाङको कोख बाट भोजपुर खाताम्छामा जन्मिएकी गायिका देशु गोले हाल बेलायतमा बसेर आफ्नो दैनिक काम सँगै गीत संगीतको क्षेत्रमा पनि निरन्तर अगाडी बड्दैछिन । भोजपुर जिल्लाको खाताम्छामा जन्मेकी उनि भोजपुरको दिङला हुदै सानै उमेरमा हङकङ पुगिन । हङकङको सेरोफेरोमा आफ्नो बाल्यकाल बिताएकी उनि हाल लामो समय देखि लन्डनमा बस्दै आएकी छिन ।

साथीभाई, आफन्त, शुभचिन्तकहरुको प्रेरणा बाट सांगीतिक यात्रा सुरु गरेकी गायिका देशुले बिद्यालय पढ्दा देखिनै विभिन्न स्टेज कार्यक्रमहरुमा गाउदै अन्य धेरै कार्यक्रमहरुमा आफ्नो गायन कला, क्षमता प्रदर्शन गर्दै आफ्नो गायन यात्रा सुरु गरेकी थिईन । साथीभाई आफन्तहरुको हौसला र साथ सहयोग बाटनै गित संगीतमा आफ्नो भबिष्य खोज्दै फेरी सांगीतिक क्षेत्रमा पुनरागमन गरेकी छिन भने गायिका देशु गोले गायिका मात्र नभएर गीतकार तथा रचनाकार समेत हुन ।

दर्जनौ गीतहरुमा सुमधुर आवाज भरिसकेकी मिठो अनि जादुमय आवाजकी धनि गायिका देशुको भविष्यको लक्ष्य भनेको मोफसलमा बसेर भए पनि एक राम्रो गायिका बनेर नेपाली गीत संगीतलाइ माया गर्ने अनि नेपाली संस्कृति र संगीतलाइ जोगाई राख्ने हो । मिलनसार स्वभाबकि गायिका देशु सबैलाई सम्मान पुर्बक आदर गर्छिन अनि सधै हासेर बोल्छिन, उनि भन्छिन गित संगीत मेरो नशा नशा अनि रगतमा छ त्यहि भएर नेपाली संगीत क्षेत्रमा केहि गर्छु भनेर संघर्ष गर्दैछु, संगीतलाइ सरस्वतिको प्रशाद सम्झिने गायिका देशु गोले आफुमा भएको कलालाइ सधै आफ्ना दर्शक श्रोताहरु माझ समर्पित गर्नमा आफुलाई भाग्यमानी ठान्छिन ।

मिठो स्वरको धनि गायिका देशु नेपाली सांगीतिक नक्षत्रमा चम्किलो तारा बन्नेमा दुइमत छैन । त्यति मात्र होइन उनि आफ्नो कला सस्कृतिलाई आफ्नो नेपालि भाकालाई जोगाउन पनि त्यतिकै लागि परेकी छिन । उनि भन्छिन गित संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागि पर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु । आफ्नो पन, नेपाली मन, हाम्रो सस्कृति, हाम्रो भाका अनि नेपाली सुगम संगीतलार्इ सधै संरक्षण गर्न लागि पर्ने गायिका देशु गोलेलाइ हाम्रो तर्फ बाट पनि लाखौ लाख शुभकामना ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...