स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउछौँ : मुख्यमन्त्री पौडेल

Dormani paudel cm

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिको भूमिकालाई थप प्रभावकारी बनाउनका लागि उनीहरुलाई अधिकारसम्पन्न पार्न केही दिनभित्रै नीति ल्याइने बताएका छन् । 

जिल्ला समन्वय समिति महासंघ नेपालका तर्फबाट प्रदेश नं ३ जिल्ला समन्वय महासंघका अध्यक्ष रघुनाथ खुलालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिएको ज्ञापनपत्र बुझ्दै उनले जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि आर्थिक कारोवारसहित कार्य क्षेत्र विस्तार गर्न गृहकार्य भइरहेको जानकारी दिए । 

सो ज्ञापनपत्रमा प्रदेश र स्थानीय तहबीचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवद्र्धन गर्दै जिल्लासभाका काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न, जिल्लासभाको सञ्चालन, जिल्ला समन्वय समितिका पदाधिकारीले पाउने सुविधाबारे आग्रह गरिएको छ ।

प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठलाई पनि संसद् सचिवालयमा भेटी जिल्ला समन्वय महासंघले सो व्यहोराको ज्ञापनपत्र हस्तान्तरण गरेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...