राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

Bidhya bhandari

काठमाडौं । नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिका लागि भण्डारीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल दावेदार थिए । तर, भण्डारीको नाममा सहमति जुटेको छ ।मध्यरातसम्म बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेदवार चयन गरेको हो ।

भण्डारी ११ कात्तिक २०७२ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनेकी थिइन् । राष्ट्रपति चयनका लागि आज बुधबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । २९ गते निर्वाचन हुनेछ ।

प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरको निर्वाचक मण्डलले राष्ट्रपति चयन गर्नेछ र वाम गठबन्धनको प्रष्ट बहुमत छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...