दलित भएको भन्दै पत्रकार मिलन र विक्रमलाई घरभेटीद्धारा द्रुव्यबहार ,बैना भएको कोठा अरुलाई नै दिइयो

Bicram bc

काठमाडौँ । काठमाडौमा रहेर क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएका मिलन बिश्वकर्मा र विक्रम सुनारलाई घरभेटीद्धारा दुव्र्यबहार गरिएको छ । 

आर्थिक अभियानमा कार्यरत मिलन विश्वकर्मा र इमेज च्यानलमा कार्यरत विक्रम सुनारलाई काठमाडौँको थापागाउँस्थति घर मालिक श्यामप्रसाद गौतम र श्रीमती कमला गौतमले दलित भन्दै भाडा दिएको कोठा अरुलाई नै दिएका हुन् । मंगलबार घटनाबारे संवाद डबलीमा पत्रकार सम्मेलन गरेर दुबै जना पत्रकारले घर मालिकले आफूमाथि जघन्य अपराध भएको भन्दै न्यायको लागि प्रहरीमा कार्यालयमा जाने तयारीमा लागेको जानकारी दिए ।

पिडित सुनारले भने अग्रिम बैना भएको कोठा घर मालिक गौतम दम्पतीले आफुहरु सर्ने बेला अरुलाई नै दिइसकेको र आफूहरुमाथि दुव्र्यवहार गरेको बताए । दुई कोठाको ११ हजार ५ सय दिने भनि कोठा लिएको उनले बताए । फागुन ५ गते बैना गरेर रङगरोकनको तयारीमा रहेको कोठा २० गते सामान लिएर कोठामा जाँदा उक्त कोठामा अरु नै बसिसकेको उनले बताए । भाडाको बैना आफूहरुले दिइसकेकोले बस्न पाउनु पर्ने बताएपछि घर मालिक गौतम दम्पतीले आफ्नो मान्छे डीएसपी र एसएसपी भएको बताउँदै उल्टै धम्की दिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

पत्रकार विश्वकर्मा र सुनारले दलित भएकै कारण आफूहरुमाथि दुव्र्यवहार भएको बताउँदै दलित जातीय छुवाछुत तथा कशुर सजाय ऐन २०६८ अनुसार घर मालिक गौतम दम्पतीलाई कारवाहीको माग गरेका छन् । पत्रकार सम्मेलनमा दलित अगुवा तथा अभियान्ता सरु सुनारले राजधानीमै दलित भएकै कारण पत्रकारमाथि दुव्र्यवहार हुनु चिन्ताको विषय भएको बताइन् ।

उनले पीडित पत्रकारलाई न्यायको लागि आफूहरु कानुनी प्रक्रिया अगाडि बढाएको जानकारी दिइन् । आजै तीनकुनेस्थित प्रहरी वृतमा उजुरी दिने जानकारी पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...