जनप्रतिनिधिहरुको शपथसँगै अधिवेशन शुरु, चौधरीले शपथ लिन नपाउने

Aayog

काठमाडौँ । निर्वाचित जनप्रतिनिधिहरुको शपथसँगै अधिवेशन शुरु हुन लागेको बैठकको सबै तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ ।

दुईजना ज्येष्ठ सदस्यको शपथग्रहण आजै दिउँसो १ बजे राष्ट्रपति भवन शितलनिवासमा हुनेछ । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट ११० गरी २७५ जनाले आज शपथ लिंदै छन् ।

राष्ट्रिय सभाको ५६ जनाले मात्र आज शपथ लिने छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित ३ जनालाई तत्कालका लागि शपथ नखुवाउने सर्वोच्चको आदेशअनुसार डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेलले आज शपथ लिने छैनन् ।
फौजदारी मुद्दा लागेका सांसद नवराज सिलवालले शपथ लिने भए पनि कैलाली १ बाट निर्वाचित रेशमलाल चौधरी भने आइतबार शपथ लिन नपाउने बताइएको छ ।

अहिलेसम्म उनको शपथबारेमा कहीं कतैबाट सचिवालयलाई जानकारी नआएको र उनी पुर्पक्षका लागि थुनामा रहेकाले शपथ नहुने बताइएको छ । सांसद सिलवाल वाम गठबन्धनको प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए उनको बारेमा टिकाटिप्पणी भए पनि टीकापुर घटनाको आरोपी चौधरीलाई निर्वाचित प्रमाणपत्र प्रदान गरी शपथमा सहभागी गराउनु पर्ने पार्टीले माग गरे पनि सुनुवाई नभएको बताइएको छ ।

शपथमा १० भाषाका ४४ जना सांसदले आफ्नै मातृभाषामा शपथ लिने छन् । मैथिली, भोजपुरी, थारु, मगर, हिन्दी, तामाङ, अवधि लगायतको भाषामा शपथ लिने तयारी सांसदहरुको छ । राष्ट्रियसभाका ६ जना सदस्यले मातृभाषामा शपथ लिने छन् ।

संसदमा दुई सदन रहने व्यवस्था छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनलाई संघीय सदन भनेर चिनिन्छ । पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख तथा उपसभामुख र राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...