प्रदेश नं २ का मुख्यमन्त्री राउतले गरे मन्त्रिमण्डल विस्तार, को को भए मन्त्री ?

चार मन्त्री र तीन राज्यमन्त्रीले लिए शपथ

Lalbabu raut.png123

धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् ।  बुधबार चार मन्त्री र तीन राज्यमन्त्रीले सपथ लिएका छन् । यससँगै प्रदेश सरकार १० सदस्यीय बनेको छ ।

ज्ञानेन्द्रकुमार यादव प्रदेश सरकारको गृह (आन्तरिक मामिला तथा कानुन) बन्त्री बनेका छन् । यस्तै शैलेन्द्र साह भूमि व्यवस्था तथा कृषि, नवलकिशोर साह सामाजिक विकास र र रामनरेश राय उद्योग तथा पर्यटनमन्त्री बनेका छन् ।

ज्ञानेन्द्र र शैलेन्द्र संघीय समाजवादी समाजवादी फोरम तथा नवलकिशोर र रामनरेश राजपाबाट मन्त्री बनेका हुन् । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थसक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतको सपथकै दिन अर्थमन्त्री विजय यादव र जितेन्द्र सोनल भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए । यस्तै उषा यादव, सरोज सिंह र योगेन्द्र राय राज्यमन्त्री बनेका छन् । उशा अर्थ, सरोज गृह र यागेन्द्र भूमिव्यवस्था राज्यमन्त्री भएका हुन् । तीन राज्यमन्त्रीले मुख्यमन्त्री समक्ष सपथ लिएका छन् । फोरमले तीन राज्यमन्त्री पनि सिफारिस गरेको छ । तर, राजपाले राज्यमन्त्री पठाएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...