भाङ्गमा लट्ठ ‘लोकनाथ’ र नेपाली गीत संगीत

Dineh

 र, यो आमालाई बृद्धा आश्रम छोड्नेहरुलाई लट्री पर्ने कालो जुग् हो। लोकनाथ आज आफ्नै आमा सिकिस्त हुंदा पनि मस्त हांसिरहेछ । किनकी आज उसले भाङ खाएको छ । उसले आमालाई बिर्सेको आज पहिलो पटक होइन । सृष्टीकर्ताको मूल्य बढीमा दस हजार दाम् छ ।

आमाको अवमूल्यन गर्नु ,आमालाई इग्नोर गर्नु उसलाई खेलांची लाग्छ, किनकी आज उसले भाङ खाएको छ । आमामा पोतिएका शृङगारहरु ऊ फिका सम्झिन्छ । आफ्नै बाबुलाई पनि बाल्बाल् चिन्छ  ।

उसले चिन्ने भनेको आमाको कांधमा टेकेर, आमाको घोक्रो थिचेर छाती ल्याङफ्याङ पार्ने नट्टुनीहरुलाई हो । किनकी आज उसले भाङ खाएको छ । हो, यहाँ अक्सर ब्रान्डेड आयोजकहरुले भाङ खाएका छन् । ब्रान्डेड प्रतिष्ठानहरुले भाङ खाएका छन् । भोटको नोट बोकेर चोट दिन सिरानमा बसेकाहरुले भाङ खाएका छन् । नढाँटी भन्दा मैले पनि भाङ खाएको छ, हामी सबैले भाङ खाएका छौं । कुनै गीत लेखेको नहुँला अथवा, कुनै एल्वम भब्य कार्यक्रममा विमोचन गरेर पत्रिकाभरी छापिएन होला ।

 तर, म गीत संगीत अली बढी नै सुन्छु । अली बढी नै हेर्छु । आली बढी नै याद गर्छु सर्जकहरुलाई । यस अर्थमा म गीत संगीतमा आफ्नो सिधा कुरा राख्छु, राखिराख्छु । त्यही लाग्छ हेर्नका लागि बजारमा पठाइन्छ भनें आखाहरुले नराम्रो देख्दा नराम्रो देखें भन्न पाउनुपर्छ । कानले नराम्रो सुने भनें त्यो पनि भन्न पाउनुपर्छ । तर यहाँ, पुच्छरवादले मनको आवाजलाई न्याकेको छ । ‘नो’ भन्ने शब्द ठूलाका नाममा हुँदैन । भए पनि मनभित्र हुन्छ ।

बाहिर हुन्न । मिलेन, भएन, सुधारौं भन्नू हुन्न यहाँ । किनकी यो जमाना ‘वाहकुमार’ र ‘हस् कुमारी’ हरुको हो । एउटा रेडियो प्रस्तोताले कसैको गीतको केही अंश आफ्नो गीतसग मिलेको झोकमा स्ट्याटस् हाल्छ ‘मेरो गीत चोर्नेलाई कारबाही हुन्छ । गीत ब्यान्ड हुन्छ ।’ तल प्रतिष्ठानका ठूलाठालुहरुले कमेन्टिन्छन् । ‘हामी कुनै हालतमा गीत ब्यान्ड गर्छौं ।’ अली तलपट्टी म पनि थप्छु ‘गीत कति प्रतिशत जुध्दा जुधेको हुन्छ ?मापन के छ ? एउटा आउँदै गरेको टुसा भांचेर केही हुन्न यहाँ धेरै रूखहरु झांङ्गिसकेका छन् ।

‘ऊ म्यासेन्जरसम्म आउँछ र लेख्छ । ‘यो कुरा प्रतिष्ठानसम्म पुग्छ र तिमीलाई करबाही हुन्छ ।’ हो, हायाँ आवाज बोल्नेहरुलाई कारबाही हुन्छ । चाप्लुसीवादका किराहरुलाई कहिल्यै लाज हुन्न । लोक दोहोरीको कार्यक्रम चलाउने मजदुरलाई थाहा छैन । लोक दोहोरीको लोक नै परलोक जाने अवस्थामा छ । बाँकी दोहोरी मात्रै छ, जसको अर्थ दोहोरीराख्ने हुन आउँछ ।

यहाँ कार्यक्रम प्रस्तोताले लोकगीतको प्रोमो बजाउँदैन् । शानका साथ छाडा गीतहरूको भोलुम् बढाँछन् र आफूलाई ‘लोकगीतको प्रस्तोता’ भन्न सिकसिकाउँदैनन् । गीतहरु जुधे कपी भए भन्न सरम् मान्दैनन् । किनकी यहाँ अक्सर प्रस्तोताहरुले भाङ खाएका छन् । ठूटे पत्रकारहरुको पछाडि अक्सर कलाकारको सास अल्झेको छ । सक्षम कलाकार यसलाई आफूप्रतिको खिल्ली भनेर कहिल्यै बुझ्दैनन् । ऊ अझ फलो गर्छ । दौडधूप गर्छ । पैसा तिरेरै भए पनि आफू पानाभरी छापिन्छ ।

‘मेरो च्यानल लाइक, सब्सक्राइब’ शेअर गर्नेलाई रिचार्ज कार्ड फ्रि ’ यस्ता बिज्ञापनका भरका च्यानलमा आधा घण्टाको आवाज बोल्न हाम्रा केही कलाकारहरु पात्ले भन्ज्याङदेखि क्यु मा बस्छन् । त्यही झोकमा ठूटे पत्रकारले रोजिरोटीको पुर्पुरो सेक्दै लेख्छ ‘यो वर्षको अहिलेसम्मकै हिट गीत अब बजारमा । ‘गीत रिलिज हुनुअघि नै वर्षको उत्कृष्ट हुन्छ । त्यस्तो हुन दिन्छन्, ठूल्ठुला कलाकारले नै । अर्को युटुबे च्यानलले अर्धनग्न फोटोको गाता राख्दै शीर्षक लेख्छ ‘आधा देखाउने फलानी ‘नायिका’को पुरै देख्खेको भिडियो ! ‘फलानी नायिकाले निम्न चीजहरु खोलेपछि र देखाए पछि....!’ अब गीत संगीत र कलाकारिताको रेट युटुबका यिनै शीर्षकहरुले तोक्छन ।

त्यो भन्दा पर स्टेजमा खिचिएको भिडियो प्लस पोइण्ट हो । यहाँ भन्दा बाहिरका कलाकारहरु कलाकार नै होइनन् । यहाँ सबैलाई ‘हिट’ मात्र हुनुछ, देखाएर भए पनि सेकाएर भए पनि । यसो भनू, एउटा गायक र गायिका नायक र नायिकाभन्दामाथि उठ्न थालेको छ अब । जबसम्म कलाकार र पत्रकारको यो कनेक्सनमा दुरी बढ्दैन,यहाँ यस्तै भइराख्छ । यहाँ, म्युजिक प्रालिहरु किरासरी छन् ! देवलबाट छिचिमिरा उम्रे झैँ उम्रेका छन् कम्पनीहरु ।

केहीकेहीलाई अपवाद मानेर भन्ने हो भने एहाँका अक्सर कम्पनीहरुका लेटरप्याड् छैनन् ! ठर–ठेगाना छैनन् ! छन् त फेसबुक र ‘लाइक पेज’ लाइकका लागि तारन्तार रिक्वेस्ट गरिराख्ने पेज छन् ! चट्ट चारपाटे गोजीमा स्ट्याप्म बोकेर गीत निकाल्न कम्मर कसेर हिन्नेहरु बहुमतमै पर्छन ! र, त्यस्ता कम्पनीका नाममा पचास हजारदेखि दुई लाख सम्म भेटी चढाउने देवकोटालाई सम्झेर भन्दा ‘बिजुली प्रोड्युसर’ (तु का तु निकाल्ने) अर्को भाषामा बिजुले प्रोड्युसर झिलिक्क चम्किने र फेरी चम्किन आकाश गड्याङ्ग गुडुङ्ग नै गर्नुपर्नेहरु पनि अल्पमतमा पर्दैनन् ! कम्पनीको भाषामा भन्दा ‘मुर्गा’हरु पनि बहुमतमै पर्छन । लिप्सिङ आफूले दिएपपछि गायक भइन्छ । स्वर चाहिँदैन ।

कम्प्युटराइज्ड भको छ युग । यतिसम्म कि आयोजकले दशतिरबाट गोरु बेचेको साइनो जोडेर तल कांध हालेर माथिबाट पेटिगन्जीमा तानेर स्टेज चढाइएकाहरु स्टेजमा उता गीत बजाएर लिप्सिङ मात्र दिन्छन् । भोलि पत्रिकाकोहेड लाइनले ‘स्टेज–किङ’ बनाइदिन्छ । अब किङ हुनलाई फेरि राजत्रन्त्र आइराख्नु पर्दैन । यतिले पुग्छ । आयोजकहरुले आवाजलाई कमै अफर गर्छन् । फिगरलाई बढी या भनुं अबका स्टेज प्रोग्राममा गीत कम र मांशापेशीको माग बढी छ । हेर्नेमा पनि देखाउनेमा पनि ।

मोडल् मोडल्नी हुन कुनै अभिनय सिक्नु पर्दैन । कथाले मागेको दिए पुग्छ । बिडम्बना ! यहाँ अक्सर कथाले एउटै सिन् माग्छ । आयोकहरु जातीय, पार्टीगत स्वार्थका लागि कुनै ‘अ–कलाकार’ (जो कलाकार नै होइन)लाई बिग् अफर गर्छन् र करोडौं पैसा उठाउँछन् । चट्ट परेका र कथाले मागेजती दिनेलाई पटक–पटक अफर गर्छन् र रातारात मालामाल हुन्छन् । यता असली कलाकारहरु आफ्नो गला र गला निचोरेर ओछ्यानमा कोल्टे फर्किन्छन् । आफ्नै पर्फेक्ट कलाकारिताले आँखा घोचेर रुवाउँछ । नरुनका लागि बजारबाटै सन्यास लिन्छन् उनीहरु । कलाकारिताको क्षेत्र यतिसम्म व्यापक बनेको छ ।

असली कलाकारहरु गर्धनमा खुकुरी लागेर आधा काटिएको अस्टमीको कुखुरो झैं छट्पटाउँदा गीत संगीतको आकाश नै आफूले बोकेको रवाफ हांक्ने प्रतिष्ठानहरु मरेको बिरालो काखी च्यापेर ठिमीको उकालो हिड्छन् र त्यहीँबाट लोकगीत संगीतका लागि हामीले सबैथोक गरिसक्यौं भन्न घिन मान्दैनन् । प्रतिष्ठानले गीत जुधेकोमा कारबाही गर्छ । तर, कलाकार मारिएकोमा कारबाही गर्न सक्दैन । गर्नुपर्ने कर्मलाई दशौं नम्बरमा राख्छ र साना साना कुराहरुको टपरी गाँसेर कलाकारको मृत्यु पस्कन्छ ।

किनकी यहाँ स्वयं प्रतिष्ठानहरुले भाङ खाएका छन्। गीतकार हुन सिर्जना गर्नु पर्दैन । एक दुई हजारमा छ्यास्छ्यास्ती पाइन्छन् गीत चोकै पिछे । आधा लाइन लेखे पुग्छ, लगानी गर्न सके । गीतकारले अरु गीत पूरा गर्नलाई नाई नास्ति गर्दैन । हो, यहाँ यस्तै यस्तै तवरले प्याकेजमा काम हुन्छ । मेरो भगवान ! अब भन्दे तं दुधको दूध पानीको पानी पार्दे १) मौलिक गीत लेख्ने गीतकार र गाउने गायकले अब कहाँ डुबेर मर्नुपर्ने हो ? २) युटुबको बोक्रोमा नौटंकी गरेर हेरिदिनुस्, लाइक कमेन्ट गरिदिनुस् भनेर भिख माग्दै कहिलेसम्म हिंडिराख्नुपर्ने हो ? के गीत संगीतको स्वश अब यत्ति हो? ३) आफ्नो गीतको प्रतिलिपी अधिकार मार हानेर चारपाटे गोजीमा स्टाम्प बोकेर हिंड्नेहरुलाई कहिलेसम्म पैसा खन्याइराख्नु पर्ने हो ? ४) के गीतको सर्जकले दुई सुको पैसा फिर्ता पाउने निकाय छैन हामीकहाँ ? शब्द लेख्नेले शब्दै लेखौँ ।

संगीत भर्नेले संगीतै भरौँ । आवाज हुनेले गीतै गाऔँ । अभिनयकला हुनेले अभिनय नै गरौा । बजाउन जान्नेले बजाऔँ । एउटा ठूलो कम्पनीमा एउटै कर्मचारीले सबै काम गर्दा काम लथालिङ्ग हुन्छ । आफ्ना बाउबाजेको जमिनमा जति मिलेर भोग गर्छौ, यो पुर्खाको सम्पतीलाई पनि मिलेर भोग गरौँ । भातृत्वको नमुना प्रस्तुत् गरौँ । जय गीत! जय संगीत !

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...