नायिका खुश्बु खड्काले अनाथ बालबालिकाहरु संग जन्मदिन मनाइन

Khusbu khadka

काठमाडौँ । जन्मदिनको अवसर पारेर नायिका तथा राष्ट्रिय खेलाडि खुश्बु खड्काले आफ्नो जन्मदिन राजधानीको धापासीमा अबस्थित हाम्रो बाल संरक्षण धरोहर नेपालमा आश्रित अनाथ बालबालिकाहरु संग मनाएर खुसि साटासाट गरेकी छिन् ।

आफ्नो जन्मदिनमा आफ्ना अविभावक बाबा, आमाको साथमा उक्त हाम्रो बाल संरक्षण धरोहर नेपालमा रहेका बालबालिकाहरु लाइ खान खुवाएर तथा खाद्यन्न सामाग्री वितरण गरेर उनले जन्मदिन मनाएकी हुन् । जन्मदिनको अवसरमा साथिभाईसँग रमाइलो, पार्टी भन्दा पनि संस्थाका बालबालिकासँग जन्मदिन मनाउँदा आफूले छुट्टै प्रकारको खुशी महसुस गरेको उनले बताइन र यस कार्यलाई निरन्तरता दिने पनि उनले जानकारी गराइन।

संस्थाकि सस्थापक अध्यक्ष बिनिता अर्यालले संस्थामा २४ जना अनाथ अपाङ्ग बालबालिका रहेको र आफूहरुले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा दिक्षा प्रदान गरिरहेको कुरा उक्त अवसरमा बताएकी थिइन । आफु संग कोहि पनि डोनर नभएको र आयश्रोत समेत नभएकोले बालबालिकाहरुलाई भरण पोषण गर्न एकदमै गाह्रो र अप्ठ्यारो परिस्थितिहरु आउने गरेको हुदा देश बिदेशमा बस्ने मनकारी समाजसेवी मन संग उनले सहयोगको अपिल समेत गरेकी थीइन । उक्त अवसरमा सस्थाकी अधक्ष्य बिनिता अर्यालले नायिका खुश्बु खड्का, कलाकार निर्मल शर्मा तथा समाजसेवी प्रकाश कुमार श्रेष्ठलाइ सम्मान समेत गरेकी थिइन ।

पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को गर्दै दर्जनौ राष्ट्रिय अवार्ड बाट सम्मानित भएकी मोडल तथा नायिका खुश्बु खड्काको व्यस्तता पनि बढ्दै गएको छ । दर्जन भन्दा बढी चलचित्र तथा म्युजिक अवार्ड बाट बेष्ट मोडल र नायिकाको उपाधि हात पारेर सम्मानित भएकी मोडल तथा नायिका खुश्बु खड्काको अभिनयको तारिफ अहिले चलचित्र क्षेत्रमा जता त्यतै बढ्दै गएको छ ।

अभिनय तथा नृत्यमा पोख्त नायिका खुश्बु खड्का सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन, चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । चलचित्र हुदै मोडलिङ क्षेत्रमा प्रवेश गरेर स्थापित नायिकाको रुपमा आफुलाई उभ्याउन सफल नायिका खुश्बु खड्का सुन्दर अनुहार र मिलेको शरीरका कारण चर्चामा छिन् ।

केहि चलचित्रमा अभिनय गरेर ख्याति कमाएकी खुश्बुले दर्जनौ म्युजिक भिडियोहरूमा आफ्नो अभिनय कौशल प्रस्तुत गरेर लाखौ दर्शकहरुको मनमा छाप छोड्न सफल भएकी छिन । नेपाली फिल्मका लागि निकै सम्भावना बोकेकी नायिका खुश्बु सधै हासेर बोल्ने हसिलो तथा फरासिलो स्वभाबकि छिन ।

समाजसेवामा समेत अग्रणी भुमिका निर्बाह गर्दै समाजमा केहि गरौ भन्ने उदेश्य बोकेकी मोडल, नायिका तथा खेलाडी खुश्बु खड्का भबिष्यमा एक कुशल अभिनेत्री तथा समाजसेवी बन्ने उदेश्य लिएर आफ्नो पाइला अगाडि बढाउदै छिन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...