आदिवासी कोच महिलाको अवस्था अझै दयनीय

Orissa poverty

काँकडभिट्टा । मुलुक परिवर्तन भएर संघीय स्वरुपमा प्रवेश गरे पनि आदिवासी कोच महिलाको अवस्था अझै दयनीय रहेको सम्बन्धित क्षेत्रका अगुवा महिलाले गुनासो गरेका छन् ।

आदिवासी कोच महिलाको पहुँच वृद्धि र अधिकार सम्पन्न बनाउन स्थानीय, प्रदेश र संघीय सरकारले विशेष प्राथमिकता दिनुपर्ने उनीहरुको माग छ ।

संवाद समूह झापा शाखाले बिर्तामोडमा आयोजनाम गरेको छलफलमा सहभागीले ती महिलाका लागि विशेष कार्यक्रम र आरक्षणको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

कोच महिलाको राजनीतिक तथा सरकारी सेवामा पहुँच अत्यन्त न्यून रहेको भन्दै पहुँच अभिवृद्धिका लागि विशेष पहल गरिदिन कोचिला महिला फ्रन्टका अध्यक्ष सनम राजवंशीले आग्रह गरे ।

हरेक क्षेत्रमा महिला आरक्षण सिटमा आदिवासी कोच महिलालाई प्राथमिकता दिनुपर्ने अगुवा नेतृ द्रौपदी गणेशको सुझाव थियो ।

गौरीगञ्जकी आदिवासी कोच महिला नेत्री नौताली राजवंशीले आदिवासी आफूहरूका लागि छुट्टै आरक्षणको व्यवस्था जरुरी रहेको बताए ।

सञ्चारकर्मी सुष्मा राजवंशी गाउँमा शिक्षाको कमी, स्वास्थ्य समस्याबारे खुलेर कुरा राख्न नसक्नु, राजनीतिमा पहुँच नहुनु, आर्थिक अवस्था र क्षमतामा कमीजस्ता समस्या आदिवासी कोच महिलाले भोगिरहेकाले जागरण र सशक्तीकरण जरुरी रहेको बताए ।

छलफलमा सहभागी जमुना राजवंशी, फागुनी राजवंशी, पार्वती राजवंशी, किरण राजवंशी कोचको मातृभाषालाई प्राथमिकता दिएर हकअधिकारबारे महिला लक्षित कार्यक्रम चलाउनुपर्ने र स्थानीय तहले पनि उनीहरूका बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...