अाजबाट काम शरु गर्दै वाम गठबन्धनका दुई कार्यदल, मन्त्रिमण्डल विस्तारबारे समेत ठोस धारणा तय गर्ने

Balkot wrs8oku6q3

काठमाडौँ । गठित वाम गठबन्धनकाले गठन गरेका दुई कार्यदलले अाजबाट अौपचारिक रुपमा काम शुरु गर्ने भएका छन् । पार्टी एकता र मन्त्रालयको भागबण्डा मिलाउन अाज कर्यदलको बैठक बस्दैछ । 

 अाज दुवै दलका शीर्ष नेतासँग केपी शर्मा ओली र पुष्पकमल दाहालसँग कार्यदलले छलफल गरेर प्रतिवेदनको स्वरुप र खाकाबारे स्पष्ट धारणा तय गर्न लागेको बताइएको छ ।  संयुक्त छलफलबाट मन्त्रिमण्डल विस्तारबारे समेत ठोस धारणा तय गर्ने नेताहरुले बताएका छन् । 

‘कार्यदलसहित बिहीबार बस्ने बैठकबाट पार्टी एकता र मन्त्रिमण्डल विस्तारबारे ठोस सहमति हुने अपेक्षा गरेका छौँ,’ माओवादी प्रवक्ता तथा विधान मस्यौदा प्रतिवेदन कार्यदलकी सदस्य पम्फा भुषालले बताइन् ।

बाम गठबन्धनले गत फागुन सात गते एमाले नेता माधवकुमार नेपालको संयोजकत्वमा एकीकृत पर्टीको विधान मस्यौदा र संगठनात्मक कार्यदल गठन गरेको थियो भने  ईश्वर पोखरेलको नेतृत्वमा पार्टी एकता प्रतिवेदन कार्यदल गठन गरेको थियो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजे पछि दुवै कार्यदल र दुवै पार्टीका अध्यक्षसहित छलफल डाकिएको हो । उक्त छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागी हुने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जनाए ।

यसअघि बुधबारै मन्त्रिमण्डल विस्तार गर्ने तयारी भएपनि बिहान प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको बार्तामा मन्त्रालयको भागबण्डा नमिलेपछि बिहीबार कार्यदलसहितको बैठक बस्न लागेको हो । 

दलहरुबीच मन्त्रालय संख्या कति बनाउने भन्नेमा समेत विवाद छ । १५ वा १८ कति मन्त्रालय कायम गर्ने भन्नेमा समेत आजको बैठकले ठोस निर्णय गर्ने बताइएको छ । 

यसअघि एकीकृत पार्टीको वैचारिक सिद्धान्त महाधिवेशनबाट टुङ्ग्याउने सहमति गरेका दुबै दल संगठनात्मक स्वरुपमा भने अन्यौलमा छन् । कार्यदलले निर्माण गरेको प्रतिवेदन तथा सुझावका आधारमा थप प्रक्रिया अघि बढाउन नेताहरु सहमत जस्तै भएपनि एकीकृत पार्टीको केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समिति कस्तो र कत्रो बनाउने भन्नेमा निर्णय भैसकेको छैन । 

बाम गठबन्धनले संगठनात्मक र विधान मस्यौदा तयार गर्न एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल तथा माओवादी केन्द्रबाट रामबहादुर थापा, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेको कार्यदल गठन गरेका थिए । 

संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाउने छ । 

त्यस्तै पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट  नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेको कार्यदल गठन भएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...