फोरमलाई पनि सरकारमा ल्याउने कसरतमा ओली–प्रचण्ड

Kp prachanda oli dahal bam

काठमाडौँ । प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरमलाई पनि समेटेर सरकार विस्तार गर्ने गृहकार्य थालेका छन् । सरकारमा सहभागी हुन फोरम सकारात्मक देखिएपछि दुई नेता दुईतिहाइ बहुमतको सरकारको गृहकार्यमा जुटेका हुन् ।

संविधान संशोधनका विषय तय गर्न कार्यदल गठन भए सरकारमा आउन फोरम सकारात्मक छ । ‘फोरमलाई पनि सरकारमा ल्याउने कसरत भइरहेको छ, ऊ पनि सकारात्मक देखिएको छ । त्यसैले मधेसका मुद्दा सम्बोधनका लागि फोरमसमेत सहभागी हुने गरी सरकार विस्तार गर्ने गृहकार्य भइरहेको छ,’ माओवादी नेता अग्निप्रसाद सापकोटाले भने ।

एमाले–फोरम वार्ता
एमाले र संघीय समाजवादी फोरमबीच संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा बुधबार छलफल भएको छ । छलफलमा एमालेबाट सुवास नेम्वाङ र प्रदीप ज्ञवाली तथा फोरमबाट वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायत सहभागी थिए । फोरमले विगतदेखि उठाउँदै आएको संविधान संशोधनका मुद्दामा एमालेको धारणा मागेको थियो । स्रोतका अनुसार दुवै पक्ष कार्यदल बनाएर संशोधनका विषय पहिचान गर्न सकारात्मक देखिएका छन् ।

तर, फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने छलफल प्रारम्भिक चरणमै रहेकाले एमाले र माओवादीको धारणा प्रस्ट नभएसम्म सरकारमा सहभागी नहुने बताए । उनले भने, ‘अहिले छलफल प्रारम्भिक चरणमै छ, संशोधनबारे उहाँहरूको कस्तो धारणा आउँछ, परिस्थिति सकारात्मक बने सरकारमा जाने हो, नत्र प्रतिपक्षमै रहेर भूमिका निर्वाह गर्छौं ।’

फोरमसँगको वार्ताले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
फोरम सकारात्मक भएपछि मन्त्रिपरिषद् विस्तार पनि रोकिएको थियो । फोरमलाई एउटा महत्वपूर्णसहित २-३ वटा मन्त्रालय छुट्याउनुपर्ने भएकाले विस्तारमा ढिलाइ भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । फोरमसँगको वार्तापछि नेम्बाङले साँझ प्रधानमन्त्री ओलीलाई ‘ब्रिफिङ’ गरेका थिए ।

प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्रीले एमालेबाट २ र माओवादीबाट २ जनालाई बुधबार दोस्रो चरणमा मन्त्री बनाउने तयारी गरेका थिए । एमालेबाट महासचिव ईश्वर पोखरेल, सचिवद्वय प्रदीप ज्ञवाली र योगेश भट्टराई तथा माओवादीबाट रामबहादुर थापा, मातृका यादव र पम्फा भुसालमध्येबाट मन्त्री बनाउने तयारी थियो ।

ओली–प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारमा छलफल
प्रधानमन्त्री ओली र प्रचण्डबीच सरकार विस्तारमा केन्द्रित रहेर बुधबारै बालुवाटारमा एकघन्टा छलफल भएको थियो । ‘उहाँहरूबीच मन्त्रिपरिषद् विस्तार र समसामायिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको हो’, ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘प्रधानमन्त्रीज्यू छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा हुनुहुन्छ ।’

बालुवाटार स्रोतका अनुसार दुई नेताबीच मन्त्रालय भागबन्डामा केन्द्रित रहेर छलफल भएको थियो । अर्थ, गृह, परराष्ट्र, भौतिक योजना तथा पूर्वाधार, जलस्रोतजस्ता महत्वपूर्ण मन्त्रालय भागबन्डा गर्दा फोरमलाई कसरी मिलाउने भन्ने विषयमा ओली र प्रचण्डबीच कुराकानी भएको थियो । बालुवाटारमा छलफल सकिएलगत्तै दुवै नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।

दुई दिनभित्र मन्त्रिपरिषद् विस्तारः प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले शुक्रबारसम्म सरकार विस्तार गर्ने गरी गृहकार्य भइरहेको बताएका छन् । कालु पाँडेको समाधिस्थल कीर्तिपुर दहचोकमा बुधबार आयोजित पर्यटन महोत्सव कार्यक्रममा ओलीले भने, ‘भोलि र पर्सिमा सरकार विस्तार हुन्छ ।’ उनले अघिल्लो सरकारको जत्रो मन्त्रिपरिषद् नहुने भन्दै व्यंग्यसमेत गरे । उनले भने, ‘मन्त्रिपरिषद् उपयुक्त आकारको हुन्छ । अघिल्लो सरकारको जस्तो हुँदैन ।’

नयाँ पत्रिकाबाट 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...