सविधान संशोधनमा फोरमको अडान, सरकारमा सहभागि हुन सकारात्मक

Uml foroum 2

काठमाडौं । सरकारमा सहभागि गराउने विषयमा नेकपा एमालेले संघीय समाजवादी फोरम नेपालसँग छलफल गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच फागुन ७ गते छलफल भएपछि आज दोस्रो तहको नेताबीच छलफल भएको हो । 

छलफलमा फोरम नेपालले सरकारमा सहभागि गराउनु भन्दा सविधान संशोधनको विषयमा स्पष्ट पार्नुपर्ने भनेको थियो । आजको छलफलमा पनि फोरमका नेताहरुले संशोधनको कुरा अगाडी बढाउन आग्रह गरेको बताइएको छ । 

जवाफमा एमालेका नेताहरुले एमाले पार्टीले संशोधनको विरोध कहिल्यै नगरेको दाबी गर्दै  नियोजित ढंगबाट विरोधी देखाइएको बताएका थिए । उनीहरुले  समय र आवश्यकता अनुसार आफूहरु सविधान संशोधन गर्न तयार रहेको बताएका थिए । 

एमालेका सचिव प्रदीप ज्ञवालीले फोरम नेपाल सरकारमा आउन सकारात्मक देखिएको  तर  सविधान संशोधनलाई मुख्य माग बनाएको बताए ।

‘सविधान संशोधन हुनुपर्ने उहाँहरुको अडान रहेको छ’, उनले भने, एमाले पार्टी पनि सविधान संशोधनमा सकारात्मक रहेको छ, त्यसका लागि छलफल प्रकृया अगाडि बढाइराख्नुपर्ने हुन्छ ।’

मधेशवादी दलहरुले एमालेले संविधान संशोधन दिएन भनिरहेको भएपनि  त्यसको कुनै आधार नरहेको ज्ञवालीले बताए ।    उनले भने, संशोधनलगायतका विषयमा छलफललाई निरन्तरता दिनुपछ ।  नमिल्ने कुरा केही छैन, औचित्य र आवश्यकताको आधारमा संविधान संशोधन हुन्छ ।’

छलफलमा एमालेका तर्फबाट नेता सुवास नेम्वाङ्ग र प्रदीप ज्ञवाली थिए भने फोरम नेपालका तर्फबाट वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र महासचिव रामसहाय यादव थिए । आजको बैठकबाट छलफललाई निरन्तरता दिने सहमति भएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...