माओवादीको भागमा छ मन्त्रालय, एक घण्टाको छलफलपछि ओली र प्रचण्ड शीतल निवसमा

Oli dahal

काठमाडौं । नेकपा अाओवादी केन्द्रले प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा छ वटा मन्त्रालय पाउने भएको छ । बुधबार बिहान ओली र प्रचण्डबिच भएको छलफलमा यस्तो सहमति भएको हो । 

माओवादीले महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा ६ मन्त्रालयसहित सरकारमा जाने तयारी गरेको छ । दुई नेताबीचको छलफलपछि माओवादीलाई समेटेर आजै मन्त्रिमण्डाल  विस्तार गर्ने प्रधानमन्त्री ओलीको तयारी छ । 

सरकार विस्तारबारे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान १० बजे सुरु भएको छलफल एक घण्टा चलेको थियो । 

दुर्इ नेताहरुबिचको  छलफल सकिएलगत्तै दुवै जना राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले दुई नेतावीचको छलफल सरकार विस्तार र मन्त्रालय बाँडफाँडमा केन्द्रीत रहेको बताए ।
दुई दलबीच सहमति नहुँदा पहिलो चरणमा सरकारमा नगएको माओवादी पछिल्लो सहमतिसँगै सरकारमा सहभागि हुन लागेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...