गरीबको साथमा प्रधानमन्त्री ओली, बिरामी ल्याउन पठाए जहाज

Kp oli pm jf4dnpu99p

काठमाडौं । बाजुरा जिल्ला गौमुल गाँउपालिकाकी भीरबाट लडेर गम्भीर घाइते भएकी धर्म रोकायालाई काठमाडौ ल्याउन प्रधानमन्त्री केपी ओलीले चासो देखाएका छन् । 

गत फागुन ३ गते भीरबाट लडेर घाइते भएकी रोकायलाई जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकेर परिवारले नेपालगञ्ज ल्याएर प्रारम्भिक उपचार गरेका थिए । तर, उनको उपचार सम्भव नहुने चिकित्सकले बताएपछि रोकायको परिवार समस्यामा परेको थियो ।

घाइतेको समस्यावारे एमाले पोलिटब्युरो सदस्य कर्णबहादुर थापालाई पनि जानकारी थियो ।  तर थापा व्यक्तिगत रुपमा केही गर्न सक्ने अवस्थामा थिएनन् । घाइते रोकायको अवस्था र आर्थिक अवस्था समेत कमजोर रहेको बुझेका थापाले मंगलबार यो विषय प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएका थिए । 

प्रधानमन्त्री ओलीलाई थापाले जानकारी गराएलगत्तै प्रधानमन्त्रीले बिरामी रोकायालाई तत्काल काठमाडौं ल्याउन निर्देशन दिदैं जहाजको प्रबन्ध गराएको र काठमाडौं ल्याइएको छ । घाइते रोकायाको आर्थिक अबस्था अत्यन्त कमजोर रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...