कानून व्यवस्था र सुशासन कायम गर्न प्रदेश सरकारले कुनै कसर बाँकी राख्दैन : मुख्यमन्त्री राउत

Rawat

पर्सा ।  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सुशासनबिना प्रदेशको विकास र समृद्धि सम्भव नभएको बताएका छन् । 

वीरगञ्ज उद्योग वाणिज्य संघले आज वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले विकास र समृद्धिका लागि शान्ति र सुशासन पहिलो शर्त रहेकाले प्रदेश नं २ मा सुशासन कायम गरी विकास र समृद्धि हासिल गर्ने प्रदेश सरकारको मुख्य लक्ष्य रहेको बताए । 

“प्रदेशमा कानून व्यवस्था र सुशासन कायम गर्न प्रदेश सरकारले कुनै कसर बाँकी राख्दैन,” उनले भने । 

प्रदेश नं २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले वर्तमान प्रान्तीय सरकारको पहिलो प्राथमिक्ता सुशासनलाई कायम गर्नु रहेको बताए । 

वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष गोपाल केडीयाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एक सय ११ किलोको फूलको माला लगाई मुख्यमन्त्री गद्दीलाई स्वागत गरिएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...