प्रदेशसभा ४ र ५ को उपसभामुखमा एमाले सांसद थारु र शर्मा विजयी

Sava mukh

काठमाडौँ । प्रदेशसभा ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित भएकी छिन् । दुई जनाको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन् ।

संसदमा  उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ । संघीय समाजवादी फोरम र राष्टिय जनमोर्चाले वाम गठबन्धनकी उम्मेदवार थारुलाई समर्थन गरे । फोरमका ५ र जनमोर्चाका १ जना सांसद् छन् । राष्टिय जनता पार्टीका १ जना सांसद्ले सपथ ग्रहण गरेका छैनन् ।

उपसभामुखका लागि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट कृष्णी थारु र कांग्रेसकी रिना नेपाल बिकले उम्मेदवारी दिएका थिए ।

यस्तै  नेकपा एमालेकी सांसद सिर्जना शर्मा प्रदेश नम्बर ४ को उपसभामुख बनेकी छन् । आइतबार नदीपुरस्थित प्रदेशसभा बैठकमा भएको मतदानमा सिर्जनाले ३८ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन् ।

शर्मा एमाले प्रदेश कमिटीको सदस्य तथा अखिल नेपाल महिला संघको केन्द्रीय सचिव हुन् । शर्मा राष्ट्रपतिका प्रेस सल्लाहकार पाका पत्रकार माधव शर्माकी पत्नी हुन् । शर्मालाई एमालेका मायानाथ अधिकारीले प्रस्ताव र माओवादी प्रदेश ४ प्रमुख सचेतक गायत्री गुरुङले समर्थन गरेका थिए ।

सभामुखमा माओवादी केन्द्रबाट निर्वाचित सांसद नेत्रनाथ अधिकारी चयन भइसकेका छन् । सभामुख र उपसभामुख फरक पार्टी र फरक लैंगिक हुनुपर्ने संविधानिक प्रावधानअनुसार शर्माले उपसभामुखमा उम्मेदवारी दिएकी थिइन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...