प्रधानमन्त्री ओलीको पहिलो क्याभिनेट बैठक अाज

Cabinet

काठमाडौँ । बिहिबार प्रधानमन्त्रीको शपथ लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीको पहिलो मन्त्रिपरिषद्को बैठक अाज बस्ने भएको छ ।

पहिलो चरणमा गठन भएको तिन सदस्यीय मन्त्रिपरिषदको पहिलो बैठक दिउँसो तिन बजे बस्ने भएको छ । प्रधानमन्त्री ओली अाज नै सरकारी निवास बालुवाटर सर्ने पनि बताइएको छ । 

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेर नयाँ सरकारको कार्यदिशा र योजना सार्वजनिक गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले केही दिनभित्रै राष्ट्रका नाममा सम्बोधन गर्ने गरी तयारी भइरहेको छ।

एमाले नेता विष्णु रिमालले केही दिन भित्रै प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने बताए। ओलीले आफ्नो सम्बोधनमा समावेश गर्ने विषयमा तयारी गर्न सचिवालयलाई जिम्मेवारी दिएका छन्।

प्रधानमन्त्री ओलीले माओवादीलाई पनि सरकारमा सहभागी गराएर राष्ट्रका नाम सम्बोधन गर्ने  तयारी गरेका छन्। त्यसैले मिति टुंगो लागेको छैन।

नयाँ प्रधानमन्त्री निर्वाचित भएपछि राष्ट्रको नाममा सम्बोधन गर्ने प्रचलन छ। पछिल्लो समय नयाँ सकार गठन, सरकारको सय दिन र सरकार छाड्नुअघि प्रधानमन्त्रीहरूले राष्ट्रको नाममा सम्बोधन गर्ने गरेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...