एमाले-माओवादीको एकता संयोजन समिति बैठक बस्दै, समय तय हुन बाँकि

Balkot wrs8oku6q3

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समिति बैठक आज पनि बस्दै छ । कति वेला बस्ने समयको टुङ्गो लागेको छैन । 

दुई पार्टीबीच एकता प्रक्रियामा नेतृत्व र सैद्धान्तिक विषयले दुरी पैदा गरेको थियो।  आइतबार बिहान माओवादी संसदीय दलको बैठकमा अध्यक्ष प्रचणडले अाज पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकताकै विषयमा आफूले छलफल गर्न लागेको प्रचण्डले जानकारी गराएका थिए ।

सम्भवत: अाज पनि ओली र प्रचण्डले ‘वान टु वान’ वार्ता गरेपछि मात्र संयोजन समितिको बैठकको समय तय हुने देखिन्छ ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘वान टु वान’ वार्ता गरेका थिए। वार्तापछि आज संयोजन समिति बैठक बस्ने समझदारी जुटेको थियो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब दुई दलबीच प्याकेजमा समहति हुने बताएका छन्। महाधिवेशनसम्म जाने गरी संगठनको विषय, राष्ट्रपति, सभामुख लगायत सरकारमा सहभागिताको विषय र सैद्धान्तिक विषयमा एकमुष्ट सहमति जुटाउने तयारीमा दुई दल जुटेका हुन्। माओवादीले ओली सरकारलाई समर्थन गरे पनि हालसम्म मन्त्री पठाएको छैन।

ओली प्रधानमन्त्री चयन हनुअघि भएको एकता संयोजन समिति बैठक सहमति जुटाउन असफल भएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...