सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् : सभापति देउवा

Duba sher

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले तामाङ जातिकोे पर्व ‘सोनाम ल्होसार’ र शेर्पा जातिको पर्व ‘ग्याल्बो ल्होसार’ का उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तामाङ तथा शेर्पा समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । 

“तामाङ र शेर्पा जातिको नयाँ वर्षका रुपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको छ । यस पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको छ”, उनले आज दिनुभएको शुभकामना सन्देशमा उल्लेख छ ।

उनले सोनम र ग्याल्बो ल्होसारले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भनी शुभकामना दिएका छन् । 

प्रतिकृया दिनुहोस