प्रधानमन्त्री ओलीलाई वरिष्ठ नेता नेपालको सुझाव ' विकासको व्यवहारिक योजना बनाउनुस् '

Madhab neapal

काठमाडौं । नयाँ सरकार गठन भएको दास्रो दिनमै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुक विकासको व्यवहारिक योजना बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको समृद्धि र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले व्यवहारिक योजनान बिना देशमा परिवर्तन अाउन नसक्ने भएकाले यस्तो सुझाव दिएका हुन् ।

 बरिष्ठ नेता नेपालले कार्यक्रममा मुलुकको सम्पूर्ण ध्यान आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने पनि स्पष्ट पारे । उनले भने 'मुलुकलाई समृद्ध बनाउन दक्ष जनशक्ति र भौतिक पूर्वाधारको कामलाई तीव्रता दिनुको विकल्प छैन '  ।

पूर्वमन्त्री नेपालले कृषि, पर्यटन र जलस्रोतनै मुलुक समृद्धिको मुख्य आधार भएको बताँउदै  नेपालले रोजगारी बृद्धि र उद्यम विकासलाई पनि सरकारले उच्च प्राथमिकता दिनुपर्ने आवश्यक्ता रहेकोमा जाेड दिएका छन् ।

प्रतिकृया दिनुहोस