कसलार्इ बनाउलान त रावलले प्रदेश ७ को एमाले संसदीय दलको नेता ? बरियतामा प्रकाश शाह अगाढी

Bhim rawala

डोटी । नेकपा एमालेले प्रदेश न‌ं ७ को संसदीय दलको नेता छन्ने जिम्मा प्रदेश कमिटीले  केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ७ का संयोजक भीम रावललाई दिएको छ ।

शुक्रबार विहान बसेको प्रदेश ७ को संसदीय दलको बैठकले सहमतिमै नेता चुन्ने निर्णय गर्दै त्यसको जिम्मा रावललाई दिएको हो । बैठकले आकांक्षी सांसदहरुसँग परामर्श गरी संसदीय दलको नेता तोक्न प्रदेश संयोजक भीम रावललाई दिइएको सांसद पूर्णा जोशीले जानकारी दिइन ।

‘पार्टी पद्धति, अन्य प्रदेशहरुमा भएका अभ्यासहरु, योग्यता क्षमता, सांगठनिक मर्यादा लगायतका कुराहरुलाई ध्यानमा राख्दै संसदीय दलको नेता तोक्नु सल्लाह दिएका छौं’ जोशीले भनिन् ‘पार्टी केन्द्रीय उपाध्यक्ष एवं प्रदेश ७ संगठन कमिटीका संयोजक भीम रावललाई उक्त जिम्मेवारी दिइएको छ ।’

उनले बैठकमा बोल्ने अधिकांश सांसदहरुले निर्विरोध नेता छान्नु पर्ने बिचार राखेको बताइन् । संसदीय दलको बैठकमा सांसदहरु प्रकाशबहादुर शाह, दीर्घ सोराडी, पठान सिंह बोहरा र लिलाधर भट्टले संसदीय दलको नेताका लागि आकांक्ष देखाएको जोशीले जानकारी दिइन् ।

पार्टी स‌ंगठनको बरियतालार्इ रावलले प्रथमिकता दियो भने नेकपाएमालेका बैकल्पिक क्न्द्रीय सदस्य प्रकासबहादुर शाह दलको नेता बन्ने सम्भावना बलियो रहेको छ । शाह बाजुरा जिल्ला (ख) बाट निर्वाचित प्रदेश सभा सांसद हुन् ।  ‘कैलालीका अध्यक्ष दीर्घबहादुर सोडारी,र डडेल्धुराका सांसद पठानसिंह बोहरा आकांक्षी रहेको बताइएको छ ।

चारै जना सांसद एमाले उपाध्यक्ष भीमबहादुर रावल निकट मानिन्छन् । निर्विरोधरूपमा संसदीय दलको नेता छान्ने अवस्थामा वैकल्पिक केन्द्रीय सदस्य शाहको बढी सम्भावना बलियो छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...