जनताकाे नाममा लिए प्रधानमन्त्री ओलीले सपथ

Pm oli cop

काठमाडौं । नवनियूक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार  राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको सपथ लिएका हुन् । 

समारोहमा पुर्व प्रधानमन्त्री, पुर्व मन्त्री लगायत विशिष्ट अधिकारीहरुको सहभागिता रहेको थियो । ओलीले  जनताकाे नाममा सपथ लिएका थिए ।

त्यसअघि बिहीबारै ओलीलाई राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

बुधबार मात्रै निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिक नतिजा राष्ट्रपतिलाई बुझाएको थियो । आयोगले नतिजा बुझाएलगत्तै दलहरु नयाँ सरकार गठनमा लागेका हुन् । यसअघि माओवादी अध्यक्ष प्रचण्डसहितका नेताले ओलीको प्रधानमन्त्रीको दावी राष्ट्रपतिसमक्ष पेश गरेका थिए  ।

प्रतिकृया दिनुहोस