प्रदेश नं ७को मुख्य मन्त्रीमा सांसद भट्ट नियुक्त

Sb dhanagadhi

धनगढी । प्रदेश नं ७को मुख्य मन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्ट आज नियुक्त हुनुभएको छ । 

प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८को उपधारा २ बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्य मन्त्रीमा नियुक्त गरेका छन् । 

मुख्य मन्त्रीको शपथ ग्रहण भने यही फागुन ५ गते गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्य मन्त्रीमा नियुक्त गर्न दाबी पेश गर्नुभएको थियो । 

अठचालीस वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद छन् । प्रदेश नं ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...