राजीनामा दिदै देउवाले भने ' नयाँ सरकारले दिगो शान्ति ल्याउँदै, प्रगति गर्न सकोस् मेरो साथ रहनेछ '

राजीनामा राष्ट्रपति भण्डारीसमक्ष पुग्यो

Pm deuba

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीका नाममा सम्बोधन गर्दै राजीनामा दिएका छन् । उनले आफ्नो कार्यकाल सफल भएको दावी गर्दै राजीनामा दिएका हुन् । प्रधानमन्त्री  देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका छन् । 
राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले देउवाले राष्ट्रपति समक्ष राजीनामा पत्र बुझाएको जानकारी दिए । 

उनले आफ्ना कतिपय योजना पूरा गर्न नसके पनि ऐतिहासिक रुपमा प्राप्त भएको संविधानको रक्षा गर्न सबै चरणाका निर्वाचनहरु सम्पन्न गरेकोमा खुसी व्यक्त गरेका छन् ।

देउवाले आफ्नो कार्यकालमा भारतसँगको सम्बन्धमा सुधार आएको दावी गरेका छन् । उनले भारतसहितका विदेशी मित्र राष्ट्रहरुसँगको सुमधुर सम्बन्ध कायम गरेकाले आफ्नो कार्यकाल सफल भएको बताए ।

देउवाले सम्बोधनमा कठिन परिस्थितिमा पनि निर्वाचन गराएको भन्दै सबैलाई धन्यवाद दिए । आफू निर्वाचनप्रति प्रतिवद्ध रहेकाले निर्वाचनमा बल प्रयोग गर्न नचाहेको पनि स्पष्ट गरे । उनले भने, ‘मैले निर्वाचनमा बल प्रयोग गर्न चाहिन ।’

निर्वाचनको समयमा विप्लव नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले विभिन्न स्थानमा बम पड्काउनेदेखि निर्वाचन रोक्न ‘कारवाही’ चलाइरहेको थियो । यता नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएसँगै काँग्रेस नेतृत्वको सरकारले निर्वाचन नगराउने हो कि भन्ने चिन्ता र चाँसो पनि थियो । निर्वाचन रोक्न वा निर्वाचनको मिति सार्न मतपत्रका विषयलाई लिएर निर्वाचन आयोगमा मुद्दासमेत दायर भयो । 

माओवादीले एमालेसँग चुनावी तालमेल गरेपछि पनि निर्वाचनको मिति सार्ने षडयन्त्र भएको भन्दै सरकारबाट फिर्ता भने भएन । जटिल परिस्थितिमा पनि देउवाले निर्वाचन गराए र संविधान कार्यान्वयनतर्फ लागे । सम्बोधनको अन्तमा देउवाले भने, नयाँ सरकारले दिगो शान्ति ल्याउँदै, प्रगति गर्न सकोस् मेरो साथ रहनेछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...